अश्लिल म्यासेज गर्ने गोरखाका गुरुङ कतारबाट नेपाल फर्कन नपाउँदै पक्राउ

अश्लिल म्यासेज गर्ने गोरखाका गुरुङ कतारबाट नेपाल फर्कन नपाउँदै पक्राउ

chat

गोरखा । अश्लिल म्यासेज पठाएको आरोपमा  मान्वु माझगाउँका सुरेश गुरुङ्ग पक्राउ परेका छन् । उनलाई काठमाण्डौं प्रहरीले गोगंबुबाट पक्राउ गरेको हो । रोजगारी सिलसिलामा कतारमा रहँदा नेपालमा रहेकी एक महिलालाई अश्लिल म्यासेज पठाएको आरोपमा उनि पक्राउ परेका हुन् । महिलाको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।

नेपालमा रहेकी एक महिलालाई अश्लिल म्यासेज पठाए पछि गुरुङ्गलाई पक्राउ गर्न इन्टरपोलले डिफ्युजन नोटिस जारी भएको थियो । कतारबाट असार २६ गते नेपाल आएका उनलाई कतारको बोर्डर इमिग्रेसनले नेपाल आएको जानकारी दिएको थियो । गुरुङ्गलाई साईबर अपराधमा मुद्वा दर्ता गरि अनुसन्धान भैरहेको छ ।

गुरुङ्ग विरुद्व महानगरीय प्रहरी परिसर टेकुको अनुरोधमा प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले इन्टरपोल महासचिवलाई जेठ १७ गते नै डिफ्युजन नोटिस जारी गर्न अनुरोध गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds