पोखराको पालिखेचोक ब्यवस्थित गर्न आधा करोडको टेण्डर (यस्तो बन्दैछ)

पोखराको पालिखेचोक ब्यवस्थित गर्न आधा करोडको टेण्डर (यस्तो बन्दैछ)

Palikhe chowk 1

पोखराको पालिखेचोक चाक्लो बनाएपछि त्यसलाई ब्यवस्थित बनाउन महानगरले प्रक्रिया अघि बढाएको छ । सडक र त्यसको सुन्दरताका लागि महानगरले टेण्डर निकालिसकेको छ । ४१ लाख रुपैयाँ स्टिमेटमा टेण्डर निकालिएको मेयरका स्वकीय सचिव लक्ष्मण तिमिल्सीनाले जानकारी दिए ।

टेण्डरका लागि १ महिनाको म्याद छ । टेण्डरबाट ठेकेदार आएपछि तत्कालै काम सुरु हुने बताईएको छ । महानगरले दुई महिना अघि जग्गा र घरधनीलाई मुआब्जा दिएर चोक फराकीलो पारेको थियो ।

हाल त्यस क्षेत्रमा गाडी पार्किङ गर्न थालेका छन् । यद्यपी चोकको डिजाईन सहित अहिले टेण्डर निकालिसकिएको पोखरा ४ का वडाध्यक्ष तथा चोक ब्यवस्थित गर्ने अभियानका संयोजक शंकर बास्तोलाले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ