आफ्नै समुदायले गरेको कार्यक्रममा मन्त्री पण्डितमाथि दुर्व्यवहार, आयोजकले दुःख व्यक्त गरे

आफ्नै समुदायले गरेको कार्यक्रममा मन्त्री पण्डितमाथि दुर्व्यवहार, आयोजकले दुःख व्यक्त गरे

Lalbabu_pandit

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितमाथि जनजाति युवाहरुबाट दुर्व्यवहार भएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १९औं सञ्चालक परिषद्‌को बैठकमा अतिथिको रुपमा बोलाइएका मन्त्री पण्डितमाथि अप्रत्याशित रुपमा कालो झण्डा देखाई नाराबाजी गरिएको थियो।

आयोजकले घटनाप्रति दुःख व्यक्त गरेको छ । प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै संस्था बाहिरका व्यक्तिले दुर्व्यवहार गरेको प्रष्टाएको छ। प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत खड्गबहादुर रानाले विज्ञप्ति प्रकाशित गरी मन्त्री पण्डितमाथि कार्यक्रमकै दौरानमा भएको अभद्र व्यवहार अलोकतान्त्रिक र अवाञ्छित कार्य भएको उल्लेख गरेका छन्।

आदिवासी, जनजाति र सिमान्तकृतका पक्षमा मन्त्री पण्डितको अभिव्यक्ति आइसेकपछि भएको अभद्र व्यवहारप्रति प्रतिष्ठानले दुःख व्यक्त गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ