भारतमा सबै उपाधि नेपाली खेलाडीले कब्जा ग-यो, पोखरेली प्याराग्लाइडरको ठूलो सफलता

भारतमा सबै उपाधि नेपाली खेलाडीले कब्जा ग-यो, पोखरेली प्याराग्लाइडरको ठूलो सफलता

47571462_10217643734346311_6957758208186253312_o

पोखरा, २२ मंसिर । नेपाली प्याराग्लाइडिङ खेलाडीले भारतको मिजोराममा सम्पन्न ‘एफएआई टु’ अन्र्तगतको प्रि वल्र्ड कप एक्यूरेसीमा चौतर्फी रुपमा उच्च सफलता हात पारेका छन् । नेपाली टिमले ओभरअल (इन्डिभिजुअल र टिम) तर्फ उच्च प्रदर्शन गर्दै सबै उपाधि कब्जा गरेका हुन ।

भारत, मिजोराम प्रदेशको शिल्चरमा यहि डिसेम्बर ४ देखि ७ सम्म भएको प्रतियोगितामा नेपालका बिजय गौतमले ओभरअल तर्फ उत्कृष्ट प्रदर्शन गर्दै प्रथम भए । उनले १ लाख ६० हजाको पुरस्कार प्राप्त गरे ।

यस्तै, ओभरअलमानै बिशाल थापा (ए) ले दोश्रो स्थान हाँसिल गर्दै नगद ८० हजार र बिशाल थापा (बि) ले तेश्रो स्थान प्राप्त गर्दै नगद ४० हजार जितेका छन् ।

टिम एक्यूरेसी तर्फ समेत नेपालले प्रथम स्थान हासिल गरेको छ । टिम तर्फ नेपालले प्रथम स्थान हासिल गर्दै नगद ८० हजार प्राप्त गरेको हो । टिममा बिजय गौतम, बिशाल थापा (ए) र बिशला थापा (बि) थिए । उक्त प्रतियोगितामा नेपालको दोश्रो सहभागिता हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ