पर्वत प्रशासनमै स्वास्थ्य परामर्श सेवा शुरु

पर्वत प्रशासनमै स्वास्थ्य परामर्श सेवा शुरु

prrr

महेन्द्र जिसी, पर्वत । जिल्ला प्रसासन कार्यालय पर्वतमा स्वास्थ्य परामर्श सेवा पनि शुरु भएको छ । हरेक हप्ताको वुधवार जिल्ला प्रसासन कार्यालयमा स्वास्थ्य परामर्श सेवा सञ्चालन हुने जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बुधबार देखी स्वाथ्य परामर्श सेवा शुरु गरीएको हो । जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई स्वास्थ्य परामर्श सेवा दिन लागिएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए ।

सेवा लिन आउने महिलालाई आफ्ना सन्तानलाई दुध चुसाउन सहज होस भनेर स्तनपान कक्ष पनि शुरू गर्न लागेको पनि प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए ।

उनले जिल्ला प्रशासन कार्यालयलाई सेवामैत्री बनाउने क्रममा स्वास्थ्य परामर्श सेवा र स्तनपान कक्ष बनाउन थालिएको बताए । प्रशासन कार्यालयमा सामान्य स्वास्थ्य समस्याका लागि औषधी वितरण पनि शुरु गरिने भएको छ ।

सेवाग्राहीलाई दैनिक प्रशासनिक सेवा सहित स्वास्थ्य परामर्श दिँदा दुईवटा सेवा एकैपटक पाउने अवसर प्राप्त हुने हेल्थ असिस्टेन धनमाया पुनले बताइन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds