परिचय एडभर्टाइजिङ सम्बन्धित सबै सामाजिक सञ्जाल ‘ह्याक’

परिचय एडभर्टाइजिङ सम्बन्धित सबै सामाजिक सञ्जाल ‘ह्याक’

Untitled

होर्डिङ बोर्ड हटाउने पोखरा महानगरको हतारो र कच्चा निर्णयले मारमा परिरहेको परिचय एडभर्टाजिङलाई अर्को चिन्ता थपिएको छ । परिचयसँग सम्बन्धित सबै सामाजिक सञ्जाल ह्याकरको नियन्त्रणमा पुगेका छन् ।

परिचयका मेनेजिङ डिरेक्टर सोभित बस्यालको दशक पूरानो फेसबुक आइडी ह्याक गरी उनी एडमिन भएका सम्पूर्ण पेज ग्रुपहरु ह्याकरको नियन्त्रणमा पुगेको हो । निकै दुःखित मुद्रामा भेटिएका बस्यालले भने – एक त यहीं स्वरोजगार बनेर, आफूजस्तै युवाहरु दर्जनौंलाई रोजगारी दिएर अघि बढिरहँदा स्थानीय सरकार नै आतंक मच्चाउने खेलमा लागिरहेका बेला यही समस्या समाधानका लागि भौतारिरहेको छु । यस्तो बेला सबै सहयोगी, शुभेच्छुकको आवश्यकता महसुस गरिरहेको बेला फेसबुक आइडी, पेज, ग्रुप नै अर्काको हातमा पुगेको छ । दोहोरो पीडामा छु ।

बस्यालले आफ्नो आधिकारीक पेजबाट मनलाग्दी पोष्ट तथा तस्विरहरु हालेर ५०० डलरबाट बार्गेनिङ सुरु गरेको प्रमाण पनि उपलब्ध गराएका छन् । ह्याकरले आफू चीनबाट रहेको जनाएका छन् ।

परिचय एडभर्टाजिङका आधिकारीक फेसबुक पेज परिचय नेटवर्कबाट आउने सबै पोष्टहरुमा आफू सम्बन्धित नरहेकाले यसमा भ्रममा नपर्न पनि उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ