दमौलीमा पत्रकार र जनप्रतिनिधीबीच मैत्रीपूर्ण फुटबल: पत्रकार टीम विजयी (फोटो फिचर)

दमौलीमा पत्रकार र जनप्रतिनिधीबीच मैत्रीपूर्ण फुटबल: पत्रकार टीम विजयी (फोटो फिचर)

wt

तनहुँ । रिपोटर्स क्लब नेपाल, गण्डकी प्रदेश तनहुँले शनिबार दमौलीमा आयोजना गरेको व्यास नगरपालिकाका जनप्रतिनिधि र तनहुँका सञ्चारकर्मी बीचको फुटबल प्रतियोगितामा पत्रकार टिम बिजयी भएका छन् ।

सञ्चारकर्मी र जनप्रतिनिधि बीच भएको मैत्रीपूर्ण फुटबल खेलमा २-० गोल अन्तरले सञ्चारकर्मीको टीम विजयी भएको थियो । विजेता र उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले ट्रफी प्रदान गरी पुरस्कृत गरेका थिए ।
प्रमुख अतिथि प्रजिअ शर्माले सो अवसरमा खेलकुदको माध्यम बाट जनप्रतिनिधि र पत्रकार बीचको सम्बन्ध अझै घनिष्ठ बनाउने बताए । उनले जिल्लाबासी सबै लाई दशै तथा तिहारको शुभकामना समेत दिएका थिए । सो अवसरमा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, रिपोटर्स क्लब तनहुँका अध्यक्ष मदन वाग्ले लगाएतले बोलेका थिए ।


                                                                                                                                फोटो : कृष्ण न्यौपाने

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ