एक वर्षीया बालिका, जो आफै पौडि खेल्छिन् (भिडियो)

एक वर्षीया बालिका, जो आफै पौडि खेल्छिन् (भिडियो)

paudi

एजेन्सी : भनिन्छ, बालबालिका अद्‍भूत कलाका धनी हुन्छन्।सही वातावरण र अवसर पायो भने बालबालिकाले पत्याउन नसक्ने कला देखाउन पछि पर्दैनन्। हो, यस्तै अचम्मको कला देखाएर भाइरल भएकी छिन् अमेरिकाको फ्लोरिडाकी एक वर्षीया बालिका।

उनी भर्खर एक वर्षकी भइन्।तर, पौडीमा दख्खल छिन्।सुन्दा पत्यार नलागे पनि उनले पौडी खेलेको भिडियोले पत्याउन बाध्य पार्छ। कसैको सहाराबिना नै बालिका मज्जाले पौडी खेल्दै गरेको देखिन्छ।यो भिडियोले अहिले संसारभर चर्चा पाइरहेको छ।

बालिका पानीभित्र सजिलैसँग दायाँ,बायाँ,उल्टो, सुल्टो फर्किदै पौडिन सक्छिन्।बालिकाले पौडिदा ब्याक स्ट्रोक, फ्रन्ट क्रल र तीनैवटै विधि प्रयोग गरेको देखिन्छ। फ्लोरिडाकी ग्रेस फनेली आफ्नी छोरीलाई सानै उमेरदेखि पौडी खेलाउन चाहन्थिन्।त्यसैले उनले छोरीको आत्मविश्वास बढाउन जन्मेको छ महिनादेखि पौडी सिकाउन सुरु गरिन्। फनेलीका अनुसार नानीले ९ महिनाको उमेरमै पौडी खेल्न सिकेकी हुन्।

फनेलीको अर्की ३ वर्षीया छोरी पनि छिन्।उनी पनि पौडी खेल्नमा सिपालु छन्।उनले जन्मेको ९ महिनामा पौडी खेल्न सिकेकी हुन्। बालिकाकी आमाले आफै गुरु बनेर दुवै छोरीलाई पौडी खेलाउन सिकाएकी हुन्।

फनेलीका अनुसार जन्मेको छ महिनादेखि नै बालबालिकाले पौडी खेल्न सिक्न सक्छन्।तर त्यसमा आमाबुवाको अमह भूमिका रहनुपर्छ। उनी सबै अभिभावकलाई आ-आफ्ना नानीहरुलाई पौडी खेलाउन सल्लाह दिन्छिन्।उनी भन्छिन्, ‘पौडी सिक्नु सबै नानीहरुलाई आवश्यक छ।त्यसका लागि अभिभावकले सजिलो र रमाइलो वातावरण बनाइदिनुपर्छ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ