एसईई दिएर पौडी खेल्न गएका विद्यार्थी वेपत्ता

एसईई दिएर पौडी खेल्न गएका विद्यार्थी वेपत्ता

paudi

एसईई परीक्षा दिएर पौडी खेल्न गएका गण्डकी गाउँपालिका–६ भूम्लीचोकका कमल चेपाङ वेपत्ता भएका छन् । १७ बर्षका चेपाङ सोमवारको परीक्षा सकेर साथीहरु सँग धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ धवादीको त्रिशुली नदीमा पौडी खेल्न गएका थिए ।

पौडी खेल्ने क्रममा दिउँसो करिव साढे दुई बजे उनी वेपत्ता भएको खबर पाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । उनको खोजी सुरु गरिएको जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले बताए । उनी भुम्लीचोकको भद्रकाली माविका विद्यार्थी हुन् । उनको परीक्षा केन्द्र ज्ञानमार्ग मावि घ्याल्चोकमा परेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ