विमान दुर्घटनाग्रस्त हुँदा दुईको मृत्यु, ४४ बाँच्न सफल

विमान दुर्घटनाग्रस्त हुँदा दुईको मृत्यु, ४४ बाँच्न सफल

Photo-Tass

तस्वीरः तास

 एजेन्सी : रुसमा विमान दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । साइबेरियामा आकस्मिक अवतरण गरेको विमान बिहिबार दुर्घटनाग्रस्त भएको हो ।

रुसी समाचार संस्था तासका अनुसार चालकदलसहित ४६ यात्रु सवार विमान उलान उडीबाट निजनेनगाक्सतर्फ उडिरहेको थियो । आकस्मिक अवतरणका क्रममा धावनमार्ग नजिकैको सानो भवनमा ठोक्किएर आगलागी भएको थियो ।

दुर्घटनामा ३१ यात्रु सामान्य अवस्थामा उद्धार गरिएका थिए । चार यात्रुलाई अस्पताल लगिएको छ । घटनाबारे छानविन भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds