को-पाइलट पृथुला रसितको काठमाडौं उडान पहिलो नै अन्तिम

को-पाइलट पृथुला रसितको काठमाडौं उडान पहिलो नै अन्तिम

prithula

काठमाडौँ, २९ फागुन । अरु दिन भन्दा उनी सोमबार निकै उत्साही थिइन् । कारण, उनको पहिलो नेपाल फ्लाइट थियो ।उनी अर्थात युएस बंगला एयरलाइन्सकी युवा को-पाइलट पृथुला रसिद । जो सोमबार पहिलोपटक नेपाल आएकी थिइन, को-पाइलट बनेर ।

तर, ढाकाबाट उड्नुअघिको उनको उत्साह एक घण्टा पनि टिकेन । उनले चलाएको जहाज काठमाडौँको धावनमार्गमा यसरी पछारियो कि अब पृथुला कहिल्यै बिउँझिन सक्दिनन् बंगलादेशको द डेलीस्टार अनलाइनका अनुसार, पृथुलाले सन् २०१६ को जुलाईमा युएस बंगलामा करिअर सुरु गरेकी थिइन् ।

बंगलादेशको नर्थ साउथ युनिभर्सिटीबाट उडान सम्बन्धी पढाई सकेपछि उनले फस्ट अफिसरका रुपमा युएस बंगला एयरलाइन्समा जागिर गरेकी थिइन् । उनले यो बीचमा बंगलादेशको आकाशमा डेढ बर्ष बिताइन् । एशिया र अमेरिकाका आकाशमा पनि कोपाइलट भएर जहाज उडाइन् । तर, नेपाल आउने समय जुरेको थिएन ।सोमबार पहिलोपटक नेपालमा उडान गरेर आएकी उनले काठमाडौँ टेक्न नपाउँदै संसार त्यागिन् ।

घाइते अबस्थामा उद्दार गरिएकी उनको काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा उनको ज्यान गयो ।उनीसँगै पाइलट अबिद सुल्तानको पनि ज्यान गयो । उनी नेपाल उडानमा अनुभवी पाइलट मानिन्थे ।

बम्बार्डर ड्यास ८ क्यु ४०० सिरिजको ७८ सिटे जहाजमा क्याप्टेन सुत्तान र कोपाइलट पृथुलासहित चालक दलका चार जना सदस्य थिए । उनीहरुको पनि ज्यान गएको छ । दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ । २२ जना घाइते छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ