घरमा पार्टी गर्दा गर्दै जहाज खस्यो, पाँच जनाको मृत्यु

घरमा पार्टी गर्दा गर्दै जहाज खस्यो, पाँच जनाको मृत्यु

Plane-crash-usa

एजेन्सी : दशा बाजा बजाएर आउँदैन भन्ने नेपाली उखान अमेरिकामा चरितार्थ भएको छ । अमेरिकाको क्यालिफोर्नियामा एउटा जहाज अचानक एक घरमाथि दुर्घटना हुँदा पाँचजनाको ज्यान गएको छ । जहाज खसेपछि घरमा पार्टी मनाइरहेका चारजनाको तत्कालै ज्यान गएको छ भने जहाजमा सवार एक पाइलट पनि मारिएका छन् ।

लस एन्जेल्स नजिकै योरबा लिन्डामाथि उडिरहेको जहाज सेस्ना ४१४ ए आइतवार अचानक अनियन्त्रित भएर आगोलो लप्कामा बदलिएको थियो । आगो लागेसँगै यो जहाज सीधै गएर एउटा घरमाथि बजारियो ।छिमेकीका अनुसार घटनाको समयमा घर मालिक एक पार्टी दिइरहेका थिए । घरमा खसेपछि जहाजका टुक्रा उछिटिएर अर्को घरसम्म पुगेका थिए । तर त्यहाँ कुनै क्षति भएन ।

समाचार अनुसार यो जहाज १९८१ मा बनेको थियो । दुर्घटनाका बेला यो जहाजको नवीकरण भएको थिएन । यो घटनामा कम्तीमा २ जना घाइते भएका छन् । मृतकहरुमा २ पुरुष र दुई महिला पनि रहेका छन् ।

अधिकारीहरुले दुई इन्जिन भएको जहाज एकजना अवकाशप्राप्त पुलिस अधिकारी उडाइरहेका थिए । छिमेकीका अनुसार घटनाका क्रममा केही मानिसले भागेर ज्यान जोगाएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ