पोखरा मल्टिमोडलमा स्वागत तथा मोटिभेशन कार्यक्रम

पोखरा मल्टिमोडलमा स्वागत तथा मोटिभेशन कार्यक्रम

campus

पोखरा, २१ मंसिर । पोखरा सिर्जनाचोक स्थित पोखरा मल्टिमोडल क्याम्पसमा नयाँँ विद्यार्थीको स्वागत तथा मोटिभेशनल कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । क्याम्पसले ब्याचलर प्रथम वर्षका विद्यार्थीहरुलाई स्वागतका साथै सबै विद्यार्थीलाई उत्प्रेरणामूलक कार्यक्रम राखेको हो ।

क्याम्पसका प्राध्यापक नगेन्द्र भण्डारी र पूर्व विद्यार्थी एवम् युवा वैज्ञानिक विकल्प ढुङ्गानाले मल्टिमिडिया प्रविधि मार्फत मोटिभेशनल स्पीच दिएका थिए । उक्त अवसरमा प्राध्यापक भण्डारीले विद्यार्थीले आफ्नो लक्ष्य तय गरेर सोहि लक्ष्य अनुसार योजना कार्यन्वयन गरि आफ्नो मार्गदर्शन तयार पार्न विद्यार्थीलाई प्रोत्साहित गरे ।

युवा वैज्ञानिक ढुङ्गानाले जिवनको मार्गदशनमा विभिन्न अवरोधहरु खडा हुन सक्ने भन्दै प्रत्येक अवरोधको सामना गर्न विभिन्न विकल्पको खोजि गर्नुपर्ने बताए ।

पोखरा मल्टिमोडल प्रा.लि.का अध्यक्ष लिलाधर बरालको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पसका प्रमुख कृष्ण बहादुर के.सीले स्वागत गर्दै विद्यार्थीहरुले आफ्नो जिवनमा बैकल्पिक लक्ष्य निर्माण गर्दै अगाडि बढ्नु पर्ने विचार व्यक्त गरे । कार्यक्रमको संञ्चालन प्राध्यापक ध्रुब शर्माले गरेका थिए । सो अवसरमा कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रम भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds