पृथ्वीनारायण क्याम्पस मुलुककै उत्कृष्ट, २ लाख ५० हजार नगदसहित पुरस्कृत

पृथ्वीनारायण क्याम्पस मुलुककै उत्कृष्ट, २ लाख ५० हजार नगदसहित पुरस्कृत

pn-campus

पोखरा। पोखराको पृथ्वीनारायण क्याम्पस मुलुककै उत्कृष्ट घोषित भएको छ । देशभरीका सरकारी क्याम्पस मध्ये पिएन क्याम्पस उत्कृष्ट हुँदै नगद २ लाख ५० हजार सहित सम्मानित भएको छ ।

३९ औं शिक्षा दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलिले उत्कृष्टताको प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरे । विद्यार्थीको लगनशिलता र शिक्षकहरुको निरन्तरताले नै क्याम्पस उत्कृष्ट बनेको क्याम्पसक प्रमुख प्राडा चन्द्रबहादुर थापाले बताए ।

यस क्षेत्रकै पूरानो यस क्याम्पस देशकै सबैभन्दा ठूलो क्याम्पस पनि हो । आफै विश्वविद्यालय बन्ने हैसियतको यो क्याम्पस प्रमाणपत्र तह सरकारी क्याम्पसबाट नहट्ने बेलासम्म हजाररौंले अध्ययन गर्ने सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने क्याम्पस पनि थियो । यस क्याम्पसमा अध्ययन गरेकाहरु अहिले उच्च ओहदामा छन् ।

पोखराका तीन विद्यालय नेपालकै उत्कृष्ट

पोखरा : शैक्षिक सत्र २०७४/०७५ को नतिजाको आधारमा कास्कीका तीन विद्यालय नेपालकै उत्कृष्ट ठहरिए ।  उत्कृष्ट हरेक विद्यालयले तीन/तीन लाख रुपैँया पुरस्कार पाएका छन् । देशभरका १३ विद्यालयसँगै कास्कीका सामुदायिक र संस्थागत तर्फका ३ वटा विद्यालयले विभिन्न चरणमा राम्रो नतिजा ल्याएकोले उत्कृष्ट भएका हुन्।

‘विद्यालयहरु उत्कृष्ट हुनुका धेरै आधारहरु छन्, जुन विद्यालयले आधारका चरणहरु पुरा गरेका छन् ति उत्कृष्ट भएका छन्’ शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयका प्रवत्ता बैकुण्ठ अर्यालले भने ‘विद्यालयको वातावरण र भौतिक संरचना, शिक्षक र विद्यार्थीको सम्बन्ध, अतिरिक्त क्रियाकलाप, पठनपाठनमा उत्तिर्णताको अनुपात र अभिभावकको सहभागिताको आधारमा विद्यालयहरु उत्कृष्ट भए।’

कक्षा १० र कक्षा १२ को रिजल्टलाई आधार मानेर मन्त्रालयले पुरस्कृत गर्न लागेको उनले बताए। कक्षा १२ को सामुदायिक तर्फ देशभरबाटै कास्कीको अमरसिंह माध्यमिक विद्यालय उत्कृट भएको छ। त्यस्तै कक्षा १० को रिजल्टको आधारमा सामुदायिक र संस्थागत तर्फका दुवै विद्यालयमा कास्की पहिलो भएको छ।

सामुदायिक तर्फ शितलादेवी माध्यामिक विद्यालय र संस्थागत तर्फ मदरल्याण्ड माध्यमिक विद्यालय उत्कृष्ट भएका हुन्। सरकारले पुरस्कृत गर्ने सूचना जारी गरेपछि तीनवटै विद्यालयका प्रधानाध्यापकहरुले खुसी हुँदै थप चुनौतीका दिनहरु आएको बताए। ‘प्रगतीसँगै चुनौती थपिएको छ’ मदरल्याण्ड माविका प्रधानाध्यापक त्रिभूवन शर्माले भने ‘अब हामीलाई यो रिजल्टलाई कसरी कायम गर्ने भन्ने मुख्य चुनौती छ। हामी त्यसको तयारीका लागि पनि लागि सकेका छौँ। तल्लो कक्षा देखि नै शैक्षिक वृद्धि विकासमा हामी लागेका छौँ। शिक्षक र विद्यालयको अनुपात हेरेर पठनपाठन सुरु गरेका छौँ।’

शितलादेवी माविका प्रअ बाबुराम अधिकारीले थपिएको चुनौती सामना गर्न विद्यालयले सामथ्र्य बनाइसकेको तर्क गरे। उनले भने ‘चुनौती थपिएका छन, त्यसको सामाना गर्ने सामथ्र्य हामीले बनाइसकेका छौँ। अभिभावक र विद्यार्थीको साथमा शिक्षकको मिहिनेत मिसिएको छ। चुस्त ब्यवस्थापन छ।’ शितलादेवी मावि यस अघि २०७३ राष्ट्रिय शिक्षा पुरस्कारबाट शिक्षा दिवश अवसरमा पुरस्कृत भइसकेको विद्यालय समेत हो।

अर्काे उत्कृष्ट विद्यालय अमरसिंह माविलाई पनि आगामी दिनमा यस्तै रिजल्ट ल्याउन र पुरस्कार थाप्न चुनौती थपिएको निमित्त प्रधानाध्यापक शेरबहादुर थापाले बताए। ‘चुनौती थपिएको छ सोही अनुसार शिक्षण सिकाई क्रियाकलाप बढाएका छौँ’ उनले भने ‘डिजिटल पढाई, साइन्स ल्याव, अभिभावक भेला, अतिरित्त कक्षाहरु बढाएका छौँ। यो रिजल्ट आगामी दिनमा पनि ल्याइरहने हाम्रो उदेश्य हो।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds