लागु औषध सहित पोखराबाट सात जना पक्राउ

लागु औषध सहित पोखराबाट सात जना पक्राउ

POLICE KASKI

पोखरा । पोखराको पृथ्वीचोक स्थित एक होटलबाट लागू औषधसहित ७ जना पक्राउ परेका छन् । लागू औषध कारोबार गरिरहेको गोप्य सूचनाको आधारमा छापा मार्न गएको प्रहरी टोलीले ३ सय ४१ थान डाइजापाम , फेनेरागन बुप्रिनर्फिन र १ सय थान नाइट्रोसन गरी १ हजार २ सय २८ थान लागू औषधसहित ७ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

लागू औषध कारोबार गरिरहेका रुपन्देहीका ४३ बर्षीय रामबृक्ष कोहार, ४० बर्षीया तेतरी कोहार, २० बर्षीया सोनम कोहार, पोखरा –१ का २६ बर्षीय अनिल गुरुङ, पोखरा–२८ का २० बर्षीय शुक्रराज सुनार, पोखरा –१३ का ४४ बर्षीय बिक्रम विक र पोखरा– ३२ का ३४ बर्षीय अजय गुरुङ पक्राउ परेका छन ।

कास्की प्रहरीले केही दिनदेखि कास्कीमा लागु औषध विरुद्धको अभियान संचालन गदै आएको छ ।  नहिरुलाई पक्राउ पछिको प्रारम्भिक अनुसन्धानबाट पोखराका ड्रग्स डिलरहरुले ड्रग भि¥याउनका लागि पैसा पठाएको र बोर्डर जिल्लाबाट ड्रग्स पोखरा ल्याउने गरेको पत्ता लागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ