पोखरा जादै गरेको मोटरसाईकल दुर्घटना हुँदा तनहुँका दवाडी घाइते

पोखरा जादै गरेको मोटरसाईकल दुर्घटना हुँदा तनहुँका दवाडी घाइते

accident pic symbol

photo accident symbol

तनहुँ । पोखरा जादै गरेको मोटरसाईकल पृथ्विराजमार्गमा दुर्घटना हुँदा तनहुँको भानु नगरपालिका वडा नम्बर २ बस्ने ३९ वर्षीय दशरथ दवाडी घाईते भएका छन् ।

दमौलीबाट पोखरा तर्फ जादै गरेको ग ११ प ३६७७ नम्बरको र बिपरित दिशाबाट जाँदै गरेको ग १२ प ४८८२ नम्बरको मोटरसाईकल आपसमा ठोक्किँदा दवाडी घाईते भएका हुन् ।

घाईते दवाडीको गण्डकी अस्पताल पोखरामा उपचार भईरहेको छ ।

घटना स्थलबाट मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको   छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds