Gandak News
Our News Your Views
Url

पोखरा अन्तराष्ट्रिय विमानस्थलको बाधक बन्यो डाँडा, करिब २५ मिटर काट्नुपर्ने

पोखरामा निर्माण भईरहेको अन्तराष्ट्रिय विमानस्थलमा विमान अवतरण र उडान गर्दा करिब २५ मिटर डाँडा काट्नुपर्ने भएको छ । पोखरा विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार विमानस्थलमा विमान अवतरण र उडान गर्दा असहज हुने भएकाले पोखरा महानगरपालिका वडा नम्बर २६ मा रहेको रिठ्ठेपानीमा करिब २५ मिटर डाँडा काटुनुपर्ने भएको हो ।

Loading...

डाँडा काट्नका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार भइसकेको बताउँदै उनले त्यसका लागि जग्गा धनिनै तयार भईसकेको प्रस्टाए ।

स्थानीले नेपाल सरकार, पोखरा महानगरपालिका सबै तिरबाट अनुमति लिएर डाडाँ काट्ने बताए । उनले करिब ४ सय रोपनी क्षेत्रफलको डाँडा काट्नुपर्ने बताए । पोखरा विमानस्थलको अहिले सम्म करिब ३८ प्रतिशत काम सम्पन्न भईसकेको छ भने रन–वे पनि सकिएसको छ ।

प्रतिक्रिया
लोड हुँदै ...

ट्रेन्डिङ

छुटाउनुभयो कि?