यस्तो बन्दै छ पुम्दीकोट

यस्तो बन्दै छ पुम्दीकोट

Pokhara-Pumdi-Bhumdi

पोखरा । कुल ४० करोड लागत अनुमान गरिएको पोखरा महानगरपालिका वडा नम्बर २२ पुम्दीकोटमा निर्माणाधीन विशाल महादेव मूर्तिसहितका संरचनाको निर्माण कार्य तीव्र रुपमा अघि बढाईएको छ । पर्यटकीय आकर्षणको प्रबर्दन गर्दै पुम्दीकोटको विशिष्ट धार्मिक पर्यटकीय गन्तव्य बनाउने उदेश्यले मूर्ति सहितका संरचना निर्माणको काम तीब्र बनाईएको हो ।

समुद्री सतहबाट एक हजार ५ सय मिटर उचाइमा रहेको पुम्दीकोटमा महादेव मूर्ति निर्माण परिसरमा ५ करोडको लागतमा भवन तथा पूजा सामग्री बिक्री कक्ष, गुरु महाराज आश्रम गृह लगायतका संरचना निर्माण गरिसकेको निर्माण समितिका अध्यक्ष चन्द्रकान्त बरालले जानकारी दिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको सुझाव अनुसार पुम्दीकोटमा तीन करोड १८ लाख लागतमा शिव भगवनको १०८ फिट अग्लो पूर्ण कद सहितको मूर्ति स्थापना गर्ने समितिको लक्ष्य भएको उनले बताए । शिवको विशाल मूर्ति वरपर १०८ शिवलिङ्ग निर्माण गरिने उनको भनाई छ ।

समितिको गुरुयोजनामा उल्लेख भए अनुसार उक्त स्थलमा १०८ स्वर्गद्वारी सिँढी, रुङ्गाटा बैकुण्ठ हल, गुरु महाराज आश्रम, हरियाली बगैँचा, शान्तिस्तम्भ, ज्येष्ठ नागरिक मिलन केन्द्र, पार्किङस्थसमेत निर्माण हुने छ ।
२२ रोपनी जग्गाको भोगाधिकार नेपाल सरकारबाट समितिलाई प्राप्त भइसकेको छ ।

निर्माण समितिका अनुसार त्यहाँबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, लम्जुङ लगायतका हिमाल एक साथ अवलोकन गर्न सकिने पुम्दीकोटबाट पोखराको फेवाताल सहितका रमणीय दृश्य अवलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ