पाेखरामा मजदुर, कलेज गर्लदेखि सेलिब्रिटीसम्मका यौनकर्मी !

पाेखरामा मजदुर, कलेज गर्लदेखि सेलिब्रिटीसम्मका यौनकर्मी !

man-sex-worker

अर्जुन गिरी/समाधान

रेस्टुरेन्टमा यौन व्यवसाय, होटलमा यौन व्यवसाय । यी त जोकोहीले देखेकै हुन् । तर होटल रेस्टुरेन्टमा वेटरको भेषमा देखिएर यौन व्यवसाय चलाउनेहरुमात्रै हुन्छन् भन्नुपूर्ण सत्य हुँदैन ।

मानव सभ्यताकै सबैभन्दा पुरानो मानिने यो व्यवसायमा थरीथरीका व्यक्ति संलग्न छन् । तर प्रहरीले यो व्यवसाय नियन्त्रणका नाममा रेस्टुरेन्ट र होटलबाट मात्रै पक्राउ गर्ने हुँदा त्यहाँमात्रै यो धन्दा चल्छ जस्तो देखिन्छ जुन पूर्णसत्य होइन ।

प्रहरी अनुसन्धान, स्वयं यौनकर्मी, होटल तथा रेस्टुरेन्ट व्यवसायी, सर्वसाधारण, ट्याक्सी चालक र सामाजिक अनुन्धाताहरुसँग कुराकानी गर्दाके निष्कष निस्कन्छ भने सामान्य मजदुरी गर्नेदेखि पेसा व्यवसायी र सेलिब्रेटीसम्म यौन व्यवसायमा संलग्न छन् । समाधानकर्मी अर्जुन गिरीले संकलन गरेको सूचनाअनुसार पोखरामा भेटिएका थरीथरीका यौन व्यवसायीः

१. रेस्टुरेन्ट गर्ल

यस प्रकारका युवतीहरु सजिलै पाइन्छ । केही रेस्टुरेन्टमा पर्दा मात्र हुन्छ र खानेकुराको नाममा पेय पदार्थ मात्र हुन्छ । पोखरामा विशेष गरी बागलुङ बसपार्क क्षेत्रमा केही वर्षअघि रेस्टुरेन्ट गर्ल सजिलै भेटिन्थे, जो यौनकर्ममा संलग्न थिए ।

२०७०-७१ तत्कालीन जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी बसन्तकुमार लामाले बागलुङ बसपार्कमा दिन रात सिआरभी भ्यान खटाएपछि यस प्रकारका यौन व्यवसायी अर्थात रेस्टुरेन्ट गर्लको पेसा चौपट भयो । तर पेसा छाडेनन्, बरु ठाउँ परिवार्तन गरे । उल्टो उनीहरुको माग बढ्न थाल्यो, कमाइ राम्रो हुन थाल्यो ।

अहिले यिनीहरुको मुख्य क्षेत्र भनेको बागलुङ बसपार्क, बगालेटोल, जाल्पारोड, सिर्जनाचोक, नागढुंगा, पृथ्वीचोक हो । यिनीहरुको अवश्यकता भनेकै पैसा मात्र हो । रेस्टुरेन्ट गर्लले एकपटक यौन सम्पर्क गरेको ५ सयदेखि एक हजार रुपैयाँसम्म लिन्छन् । एक रातको नेपालीलाई २ हजारदेखि ३ हजार रुपैयाँसम्म र विदेशीलाई ५ हजार रुपैयाँसम्म रकम लिने गरेको पाइन्छ । विदेशीमा पनि विशेष गरी

इन्डियनबाहेक अरुको रोजाइमा रेस्टुरेन्ट गर्ल कमै पर्छन् । रेस्टुरेन्ट गर्ल प्राय आफै घर भाडा लिएर बस्दैनन् । त्यसरी बस्दा ग्राहकको काम र प्रहरीबाट असुरक्षित हुने हुँदा यिनीहरु रेस्टुरेन्ट र प्राय ट्याक्सी चालककोमा आश्रय लिएर बस्छन् । अहिले पोखरामा केही ट्याक्सी चालकले रेस्टुरेन्ट गर्ल ल्याउने लाने दलालको रुपमा काम गरेको पाइन्छ । केहीले त आफ्नो परिवारसँगै आफन्त जसरी युवती राखेर होम डेलिभरी पनि गरेको प्रहरीले पटकपटक फेला पारेको छ ।

रेस्टुरेन्ट गर्ल एउटा सहरमा एक दुई वर्षभन्दा धेरै बस्दैनन् । नयाँ ठाउँमा जाँदा यिनीहरुको मागसँगै रकम पनि बढ्ने गरेको पाइन्छ । एउटै सहरमा बस्दा माग र रकम कम हुने र प्रहरीको आँखामा पर्ने डरले यिनीहरु ठाउँ परिवार्तन गर्न बाध्य हुन्छ । कुनै ठाउँमा जानुअघि यिनीहरु आश्रय लिने रेस्टुरेन्टका साहुले सेटिङ मिलाइदिएका हुन्छन् ।

रेस्टुरेन्टसाहुको ग्राहक बाहेक प्रहरीसँग पनि उत्तिकै राम्रो सम्बन्ध हुन्छ । प्रहरीलाई आवश्यक पर्दा पैसा, खानपान र युवती समेत मिलाउन पछि पर्दैनन् यिनीहरु । माथ्लो दर्जाका प्रहरीलाई पैसा मात्र भएपुग्छ भने तल्लो दर्जाका प्रहरीलाई खानपान र युवती भए पुग्छ भन्छन् याैनकर्मी ।

२. कल गर्ल

फोन सम्पर्कबाट सजिलै आउने युवती हुन् कलगर्ल । कतै पार्टी भयो भने व्यवसायीहरु यस्ता प्रकारका युवतीलाई बोलाउँछन् । यिनीहरु पार्टीमा आउने नाचगान गर्ने अनि जसले बोलाएको हो, उनीहरुलाई राति कम्प्यानी दिने भन्दै यौन चाहना पूरा गरिदिन जान्छन् । यिनीहरु आफूलाई मोर्डन टाइपको युवती भन्न रुचाउँछन् ।

यौन व्यवसायी भन्दा नराम्रो सुनिने भएकाले उनीहरु आफूलाई ‘कम्प्यानी गर्ल’ भन्न राम्रो मान्छन् । यिनीहरु प्राय आफ्नै उमेर समूहको व्यवसायी र उनीहरुका छोराहरुसँग हिँड्न रुचाउँछन् । यिनीहरु र ग्राहक बीच दोहोरो समझदारी हुन्छ । जब ग्राहकलाई आवश्यक पर्छ यिनीहरुलाई बोलाउँछन्। यिनीहरुलाई यौन चाहना र रकमको आवश्यक पर्छ तब यिनीहरु आफै ग्राहक बोलाउँछन् पनि । प्राय यिनीहरु ग्रुपमा हिँड्न रुचाउँछन् ।

यिनीहरुको रेट यति उति भनेर तोकिएको हुँदैन । यिनीहरुको उद्देश्य भनेकै भरपर्दो ग्राहक बनाउने हो । यिनीहरुलाई एक रात कम्प्यानी दिए बापत ग्राहकले सपिङ गर भनेर ५ देखि १० हजार रुपैयाँ दिन्छन्। चिनजानकै ग्राहक र ग्राहककै स्तरको साथीहरुसँग मात्र उनीहरु हिँड्न । यिनीहरु रात बिताउन राम्रै होटल रोज्छन् ।

कर्ल गर्लहरु जस्तो पायो त्यस्तो होटलमा नजाने बरु गाडीमै रात बिताउन तयार हुने गरेको एक पोखरा व्यवसायीले नाम नभन्ने सर्तमा बताए । ‘यिनीहरु त्यस्तो तल्लो लेभलको यौन व्यवसायीहरु जस्तो हुँदैनन्,’ उनले भने, ‘काम त त्यही हो तर अलि स्ट्यान्डर्ड मेन्टेन गर्छन् ।’

केही कर्ल गर्लले हैरान पारेको पीडा ती व्यवसायीले सुनाए । ‘कहिले काहिँ घरमा परिवारसँग भएको बेला राति रक्सीले मातेर फोन हान्छन्,’ उनले भने, ‘यही आदत यिनीहरुको ठिक हुन्न नत्र निकै सेफ हुन्छ ।’ यस्ता युवतीहरु प्राय सांगीतिक कार्यक्रममा जान्छन् । प्रहरीसँग बचेर विशेष गरी सामान्य व्यवसायीका छोराहरुलाई टार्गेट गर्छन् ।

प्रहरी र समाजबाट जोगिन यिनीहरु प्राय आफ्नै उमेर समूहकोसँग विशेष गरी सहर बाहिर ग्रुपमा जान चाहन्छन् । यिनीहरु प्राय कमै मात्र प्रहरीको फन्दामा परेको एक व्यवसायीले बताए । कर्ल गर्लमा प्राय कास्की जिल्ला बाहिरकै तर पोखरामा परिवारसँग डेरा गरी बसेका युवतीहरु रहेको व्यवसायी बताउँछन् । यिनीहरु प्राय १९ देखि ३० वर्ष उमेर समूहको रहेको स्रोतले बतायो ।

३. कलेज गर्ल

यिनीहरु विद्यार्थी पनि भएकाले ‘कलेज गर्ल’ भनेर नाम दिएको भुक्तभोगीहरु बताउँछन् । कलेज गर्लमा प्राय जिल्ला बाहिरबाट आएका विद्यार्थीहरु संलग्न छन् । यसमा विशेष गरीब्याचलर लेभलका विद्यार्थी छन् । उनीहरु पनि कल गर्ल जस्तै एक्लै हिँड्दैनन् । यिनीहरुको माग पोखरामा निकै छ ।

रेस्टुरेन्ट गर्ल र कल गर्लको तुलनामा यिनीहरुलाई भेटाउन निकै गाह्रो रहेको एक व्यवसायी बताउँछन् । रेस्टुरेन्ट र कल गर्लको ग्राहक विद्यार्थीहरु पनि उत्तिकै हुन्छन् । आफ्नो बारेमा थाहा हुन्छ भन्ने डरले कलेज गर्लले विद्यार्थीलाई आफ्नो ग्राहक बनाउँदैनन् । यिनीहरुको सेटिङ आफैआफैले मात्र मिलाउँछन् । कमैलाई थाहा हुन्छ यिनीहरुको बारेमा ।

यस प्रकारको यौन व्यवसायमा लागेका युवतीले ग्राहकको उमेर समूह हेर्दैनन् । हेर्छन् त मात्र पैसा । एक रातको १० हजारदेखि २० हजार रुपैयाँसम्म क्यास लिन्छन् । यिनीहरु पहिला ग्राहकको जानकारी लिन्छन्, विश्वास भएपछि मात्र पैसा लिन्छन् अनि मात्र जान्छन् । यिनीहरु बचनको निकै पक्का हुन्छन् । यिनीहरु ग्राहकसँग होटलमा जान प्राय मान्दैनन् ।

कि आफ्नो डेरामा या ग्राहककै घरमा जान्छन् । प्राय डेरामा बस्ने यिनीहरुको ग्राहक हुँदैन, यिनीहरु त्यो लेभलकोलाई पत्याउँदैनन् । ग्राहकको घरमा जान पर्‍यो भने कि गाडीमा नत्र आफ्नै स्कुटरमा जान्छन् ।

देख्दा सुन्दर अनि मेकअपमा धेरै खर्च गर्ने हुँदा यिनीहरुको माग र मूल्य बढी भएको प्रहरी बताउँछन् । यिनीहरु समयमा नियम बनाएर चल्छन् । बेलुका आउने जाने टाइम यिनीहरुकै हुन्छ । विदा नपरेको दिन स्कुटरमा क्याम्पसको ड्रेस लिएर राति ७–८ बजे ग्राहककोमा पुग्छन् अनि बिहान साढे ५ बजेभित्रमा निक्लिन्छन् ।

एक रातमा ३ पटकभन्दा बढी यौन सम्पर्क गरेको अलगै चार्ज लिन्छन् । यिनीहरु निकै कठोर मनको हुने गरेको ग्राहक बताउँछन् ।

४. होटल गर्ल

यस प्रकारको यौन व्यवसायीमा प्राय होटलमा काम गर्ने युवतीहरु पर्छन् । यिनीहरु विशेष गरी लेकसाइडमा भेटिन्छ । राम्रो होटलमा काम गर्ने अनि राति राम्रो रेस्टुरेन्ट र कार्यक्रममा जाने ग्राहक पठाउने यिनीहरुको योजना हुन्छ । प्राय यिनीहरु रमाइलो गर्न हिँडे जस्तो गर्छन् तर उद्देश्य ग्राहकै बनाउने हुन्छ ।

यस्तो प्रकारका युवतीहरु यौन व्यवसायमा लागेको छ भनेर आफ्नै मिल्ने साथीलाई पनि थाहा हुँदैन । साथीहरु पनि कमै बनाउँछन् । पोखरामा यस्ता यौनकर्मी प्राय कास्की जिल्ला बाहिरकै छन् । केही परिवारसँग बस्ने गरेको पाइन्छ । यिनीहरु अलि स्यान्डर्ड पारा देखाउँछन् तर परिवारको आर्थिक स्थिति भने कमजोर हुन्छ ।

राति निक्लिन सजिलो हुन्छ भनेर यिनीहरु प्राय नाइट ड्युटी गर्छन् । यिनीहरु यौन व्यवसायमा लागेका छन् भनेर परिवारलाई र छिमेकीलाई समेत केही थाहा हुँदैन । सबैसँग राम्रो व्यवहार गरेर भ्रम कायम राख्न यिनीहरु निकै सिपालु हुन्छन् । ग्राहकलाई भ्रममा हाई लेभलको हो भनेर देखाउन गेटअप गर्ने र महँगो फ्ल्याट भाडामा लिई उच्च परिवारको भने जस्तो सोअप गर्छन् । ‘यिनीहरुको होटलबाट आउने मासिक तलबभन्दा घर भाडा महँगो हुन्छ,’ एक ग्राहकले भने, ‘फेरि परिवारमा उहीबाहेक कमाउने अरु हुँदैन ।’

यिनीहरु धेरै पढेका हुँदैनन् । अलि–अलि अंग्रेजी जान्ने अनि विदेशीको नक्कल गरेर ड्रेसअप गर्ने गर्छन् । यिनीहरुको रोजाइ भनेको कि विदेशी या कारवाला ग्राहक हो । रेस्टुरेन्ट र बार अनि डिस्कोमा जाने विदेशीहरुलाई पहिला लक्षित गर्ने गर्छन् । विदेशी त्यो पनि गोरा छालावाला मात्र रुचाउँछन् । इन्डियन, पाकिस्तानी र बंगलादेशीहरु भने होटल गर्लको रोजाइमा पर्दैनन् ।

यिनीहरु विदेशी गोराहरुसँग प्राकृतिक, अप्राकृतिक यौनासनमा रमाउँछन् । पाएसम्म बिहे गर्ने गरी रिलेसनसिपमा बस्छन् नत्र पैसामात्रै लिन्छन् । यिनीहरुको उठबस प्राय गोरासँग या कारवाला अर्थात धनवानसँग हुन्छ । यिनीहरु प्राय नगदभन्दा पनि गर्लफ्रेन्डको रुपमा ल्याप्टप महँगो फोन, आइफोन डिमान्ड गर्छन् । केही ग्राहकले त यिनीहरुलाई आफ्नो एटिएम समेत दिन्छन् ।

५. सेलिब्रेटी गर्ल

यिनीहरु हाई प्रोफाइल भएका युवतीमध्ये पर्छन्। कुनै न कुनै पेसा, व्यवसाय र कामबाट आफ्नो पहिचान बनाउन सफल भएका केही युवती पनि यो व्यवसायमा लागेको स्रोतबताउँछ ।

यिनीहरुको नाम, बोली, फोटो पनि बिक्छ । यिनीहरुको नाम यौन व्यवसायीहरुको सूचीमा छ भन्ने सुन्यो भने पनि जो कोहीले जिब्रो काढ्छन् । यिनीहरुको व्यवसाय गर्ने तरिका बिल्कुल फरक छ । यिनीहरु पोखरामा आफ्नो ग्राहकलाई एक्लै भेट्दैनन् । कुनै कार्यक्रम वा सार्वजनिक समारोहमा औपचारिक रुपमा भेट भयो भने ग्राहकसँग त्यतिबेला मुस्कानले मात्र संवाद गर्छन् । यिनीहरु ग्राहकसँग प्राय काठमाडौं र विदेशमा भेट्छन् ।

धनाढय व्यक्ति, ठूला व्यवसायी, उच्च पदका सेना, प्रहरी, उच्चपदस्थ कर्मचारी र डनले मात्रै सेलिब्रेटी गर्ललाई सम्पर्कमा ल्याउन सक्ने प्रहरी अधिकारी बताउँछन् । कहिलेकाहिँ ठूलोठूलो पार्टीमा मदिराले मात्तिएका बेला ‘हाम्रो लेभलको कुनै मान्छे छैन’ भन्दै धाक लगाउने गरेको पोखराका एक व्यवसायीले बताए ।

यिनीहरु ग्राहकहरु हेरेर एक रातको १ लाख रुपैयाँभन्दा बढी लिन्छन् । ‘त्यति मात्र होइन यिनीहरुले चाहे आफ्नो ग्राहकलाई भनेर आफन्तलाई बोल्दा बोल्दै जागिर लगाइदिन सक्छन्,’ एक व्यवसायीले सुनाए ।

यिनीहरुलाई प्रहरीले यौन व्यवसायमै लागेको भनेर पक्राउ गर्न त परै जाओस् उल्टो सुरक्षा दिनु पर्ने बाध्यता पर्ने प्रहरी अधिकारी सुनाउँछन् । ‘धनी घरको भनेर के गर्ने मान्छे हो यौन चाहना जसलाई नि हुन्छ,’ स्रोतले भन्यो, ‘यौन व्यवसायमा लाग्ने र उनीहरुलाई मोटो रकम दिएर भेट्ने धेरै सेलिबे्रटीसँग मेरो चिनजान छ ।’

नाम कमाएको हुँदा यिनीहरुलाई सेलिब्रेटी गर्ल भन्ने गरिएको हो । ‘यौन व्यवसायी सेलिब्रेटी र ग्राहक दुवैलाई गोपनियताको आवश्कयता हुन्छ,’ स्रोतले भन्यो, ‘केही अन्तरिक विवाद भएपनि तै चुप मैचुप भन्दा अरु विकल्प रहन्न ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ