पोखराका १०५ चर्चित व्यवसायी, जो सरकारलाई कर तिर्न आलटाल गर्छन् (नामसहित)

पोखराका १०५ चर्चित व्यवसायी, जो सरकारलाई कर तिर्न आलटाल गर्छन् (नामसहित)

ird

पोखरा । आन्तरिक राजश्व कार्यालय पोखराले समयमै कर नतिर्ने पोखराका एक सय ५ जना चर्चित व्यवसायीहरुको नाम सार्वजनिक गरेको छ । राजश्व कार्यालयले आइतबार एक राष्ट्रिय दैनिक पत्रिकामा बक्यौता कर रकम दाखिला गर्ने बारेको सुचना प्रकाशन गरी समयमै कर नतिर्ने पोखराका चर्चित व्यवसायीहरुको नाम सार्वजनिक गरेको हो ।

आर्थिक बर्ष २०७४/०७५ सम्मको मुल्य अभिबृद्धि कर र आय कर नतिर्ने व्यवसायीहरुलाई ताकेता गर्दा पनि नतिरेपछि १५ दिने सुचना प्रकाशित गरी नाम सार्वजनिक गरिएको आन्तरिक राजश्व कार्यालय पोखराले जनाएको छ ।

उक्त बक्यौता रकम तोकिएको मितिमा नतिरे आयकर ऐन २०५८ को दफा १०४ देखि १११ सम्मको प्रक्रिया, मूल्य अभिबृद्धि करको हकमा २०५२ दफा २१ (१) तथा अन्तशूल्क ऐन २०५९ को दफा १७ (१) र अन्तः शुल्क नियमावली २०५८ को नियम ९ (१) बमोजिमको कानुनी कारबाहीको प्रक्रिया अपनाई असुल उपर गरिने भएको आन्तरिक राजस्व कार्यालय पोखराले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

आन्तरिक राजश्व कार्यालयले जारी गरेको १५ दिने सूचना :-

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ