पोखरा जिरो किमीमा दुर्घटनाः एक साइकलयात्रीको मृत्यु

पोखरा जिरो किमीमा दुर्घटनाः एक साइकलयात्रीको मृत्यु

cycale_accident

पोखराको जिरोकिलोमिटरमा ट्रकले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ । आज दिउँसो पौने ३ बजे लु १ ख ७९९० नम्बरको ट्रकले साइकलमा सवार भारतीय नागरिक रफिक खाँनलाई ठक्ककर दिएको थियो ।

गम्भिर घाईते भएका ५५ वर्षीय खानलाई नजिकै मेट्रोसिटि अस्पतालमा लगिएपनि चिकित्सकले मृत घोषणा गरेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी कोमल शाहले जानकारी दिए । मेघापुर घर घएका खान पोखरा सृजनाचोकमा डेरा गरी यहाँ काम गर्दै आएको बुझिएको छ ।

उनको शव पोष्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको र आफन्तलाई बोलाइएको शाहले बताए । ठक्कर दिने ट्रक र यसका चालक बाग्लुङका ३० बर्षीय उजिर खत्री प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ