उपल्लो मुस्ताङमा प्रहरी भवन जीर्णः सांसद तुलाचन

उपल्लो मुस्ताङमा प्रहरी भवन जीर्णः सांसद तुलाचन

gpi

संघीय प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले उपल्लो मुस्ताङमा नेपाल प्रहरीको कार्यालय तथा आवास भवन जीर्ण भएको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङले बिहिबार आयोजना गरेको ६३ औं प्रहरी दिवसको अवसरमा सांसद तुलाचनले समाजमा शान्ति सुरक्षा,अपराध नियन्त्रण तथा सुशासनको प्रत्याभूति दिलाउने नेपाल प्रहरीको भौतिक संरचना कमजोर हुनु दुरभाग्यपूर्ण भएको टिप्पणी गरे ।सांसद तुलाचनले भौगोलिक समस्याका कारण उपल्लो मुस्ताङमा कार्यरत प्रहरीले आवास,चिसो,जीर्ण कार्यालय र बजारिकण आदीकार्यमा समस्या भोग्दै आईरहेको जनाए ।उनले सीमावर्ती ईलाकामा प्रहरीले भोग्नु परेको पीडाँ सरकारलाई जानकारी गर्ने बचन दिए ।

उत्तरी कोरलानाका खोल्न नेपाली सरकार लागिरहेको उल्लेख गर्दे सांसद तुलाचनले यसका लागि नेपाली पक्षले चीनलाई बिश्वास दिलाउन नसकेमा कहिल्यै नाका नखुल्ने दावी गरे । ‘दुई दशकअघि कोरलानाका खुल्लै थियो ।अवैध कृयाकलाप र मानवतस्करी जस्ता गतिबिधि बढेपछि चीनले नाका बन्द ग¥यो,’सांसद तुलाचनले भने,‘चीनले नाकाआसपास पूर्वाधार तयार गरिरहेको छ ,हामी पनि त्यही लक्षका साथ अघि बढिरहेका छौं ।’

उनले तिब्बतीयन खब्बा बिद्रोहकै कारण कोरलानाका बन्द भएको जानकारी दिए ।सांसद तुलाचनले विगतमा जनप्रतिनिधि विहिन रहदा नेपाल प्रहरीले बिभिन्न प्रकारका समस्या भोग्दै आएको उठान गर्दै संघीता कार्यान्वय संगै प्रहरीले भोग्दै आएको बोझ खुकुलो भएको बताए ।मुस्ताङ जिल्ला पर्यटकिय गन्तब्यको रुपमा बिकास भईरहेको र यातायात संञ्जाल सहज हुँदै गईरहेकाले त्यसले पू¥याउने बेफाईदाका बारेमा नेपाल प्रहरी सचेत रहनुपर्ने औल्याए ।

गण्डकी प्रदेशका सासद महेन्द्रबहादुर थकालीले भएरहित समाज र शुसाशन कायम राख्न प्रहरीले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।६ दशकअघि सानो घेरामा रहेको प्रहरी संगठनले अहिले वयस्क अवस्थामा आईसकेको उल्लेख गर्दै सांसद थकालीले जनताप्रतिको आत्मबिश्वासमा आँच आउन नदिन चनाखो भएर कार्यसम्पादन गर्नुपर्ने सुझाए ।

प्रजिअ गंगाबहादुर क्षेत्रीले प्रहरी दिवसका अवसरमा राष्ट्रसेवक प्रहरीलाई सफलतापूर्वक कार्यसम्पादन गर्न सुभकामना दिए ।अपराध अनुसन्धानमा नेपाल प्रहरीले खेलेको भूमिकाको चर्चा गर्दे उनले नागरिक र प्रहरी संगठनको अनुमात नमिल्दा समस्या पर्ने गरेको उल्लेख गरे ।कार्यक्रममा नागरिक समाजका अगुवा चन्द्रबहादुर थकाली पत्रकार महासंघ मुस्ताङ शाखाका अध्यक्ष सुन्दरकुमार थकालीले बोलेका थिए ।

यसअघि जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरिक्षक महेन्द्र खड्काले प्रहरी महानिर्देशक सर्वेन्द्र खनालको सुभकामना सन्देश वाचन गरेका थिए ।दिवसकै अवसरमा संघीयसभाका सांसद प्रेमप्रसाद तुलाचन,प्रदेश सभा सदस्य मेहन्द्रबहादुर थकाली र प्रजिअ गंगाबहाद्र क्षेत्री लगायतले अमर प्रहरीको स्मारिका शालिकमा पुष्पगुच्चा अर्पण गरे ।

दिवसकै अवसरमा जनताप्रति उत्तरदायी ढङ्गले कार्यसम्पादन गरेको भन्दै प्रहरी नायव निरीक्षक लेखनाथ शर्मा,प्रहरी निरीक्षक प्रेमबहादुर श्रेष्ठ,प्रहरी जवानहरु तेजबहादुर,लालराम न्यौपाने र मानबहादुर बस्याललाई नगदसहित कार्यालयले सम्मान गरेको छ ।यस्तै,जिल्ला प्रहरी कार्यालयमा रहेर सेवा निबृद्ध भएका पूर्व प्रहरीद्धय शेरबहादुर केशी र मनकुना थकालीलाई पनि सम्मान गरिएको छ ।

२००७ सालको जनकान्ति पञ्चात २०१२ सालमा सानो आकारमा सुरु भएको नेपाल प्रहरीले विभिन्न चरणका आन्दोलनहरुमा राष्ट्रप्रति समर्पित रहदै आईरहेको छ ।पछिल्लो समय प्रहरीले नागरिक जनचेतना,अपराध नियन्त्रण र शसाशन कायम गर्न भूमिका निर्वाह गर्दे आईरहेको प्रहरी नायव उपरिक्षक महेन्द्र खड्काले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ