प्रभु बैंकले खोल्यो तनहुँको डुम्रेमा नयाँ शाखा

प्रभु बैंकले खोल्यो तनहुँको डुम्रेमा नयाँ शाखा

Prabhu Bank Dumre1

तनहुँ । प्रभु बैंकले शाखा विस्तार तीब्र पार्दै तनहुँको डुम्रे बजारमा १९१ औं शाखा स्थापना गरेको छ । प्रभु बैंकले शहरी साथै ग्रामीण क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउन तनहुँको बन्दिपुर १ डुम्रेबजार शाखाको सोमबार औपचारिक उद्घाटन गरेको हो ।

बन्दिपुर गाउँपालिका वडा न. १ स्थित डुम्रे शाखाको बन्दिपुर गाउँपालिका अध्यक्ष पुर्ण सिंह थापाले उद्घाटन गरेका हुन् ।

बैंकका गण्डकी प्रदेश सहायक प्रमुख बिरेन्द्र भट्टले प्रभु बैंकले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ग सेवा सुविधाको थालनी गरेको र ग्राहक को सेवा सुबिधामा कुनै कसुर बाँकी नराख्ने बताए ।

कार्यक्रममा बैंकका गण्डकी प्रदेशका क्षेत्रीय अधिकृत भेषराज धमलाले बैंकको सेवा सुबिधाको बारेमा प्रकाश पारेका थिए । त्यस्तै कार्यक्रमको संचालन प्रभु बैंकका गण्डकी प्रदेशका प्रदेश अधिकृत राजु रानाले गरेका थिए।

हाल प्रभु बैंकको देशभरि यस शाखा सहित १९१ शाखा रहेका छन् भने ८ अर्ब ८९ करोड भन्दा बदी चुक्ता पूँजी रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ