प्रहरीले स्वतन्त्र भएर निष्पक्ष अनुसन्धान गर्नुपर्छ – प्रजिअ शर्मा

प्रहरीले स्वतन्त्र भएर निष्पक्ष अनुसन्धान गर्नुपर्छ – प्रजिअ शर्मा

bharat sharma

तनहुँ । नेपाल प्रहरीले स्वतन्त्र भएर निष्पक्ष अनुसन्धान गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले जिल्ला प्रहरी कार्यालय तनहुँको आयोजनामा भएको ६३औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रम उक्त कुरा बताएका हुन । महिला हिंसा, बलात्कार र अपराधका घटनामा प्रहरीले स्वतन्त्र भइ कुनै राजनीतिक दबाबमा नपरी अनुसन्धान गर्नुपर्नेमा प्रजिअ शर्माको जोड रहेको थियो ।

नेपाल प्रहरी अन्तराष्ट्रिय रूपमा निकै उच्च छवि बनाउन सफल भएको उनले बताए ।अन्य छिमेकि जिल्ला र देशभरी मै हेर्दा तनहुँ प्रहरी अझै सक्षम रहेको उनले बताए । नेपाल प्रहरी निष्पक्ष अनुसन्धान गरि पीडित पक्ष लाई न्याय दिलाएर जनतामा जनप्रिय हुन् तर्फ लाग्नुपर्ने बताए । जनता लाई मुस्कान सहितको छिटो छरितो सेवा दिन तर्फ प्रहरी लाग्नुपर्छ उनले भने । प्रहरीको हरेक कामकारबाहीमा प्रशासनले सक्दो सहयोग गर्दै आएको र गरिरहने समेत उनले बताए ।


कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्मा तथा तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शिद्धी विक्रम शाहले संयुक्त रुपमा अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरेको थिए । दौड प्रतियोगीतामा विजयी हुने खेलाडीहरुलाई प्रहरी उपरीक्षक शिद्धी विक्रम शाह र प्रमुख अतिथि प्रजिअ बाट पुरस्कार, प्रमाणपत्र वितरण तथा अमर प्रहरी परिवारलाई दोसल्ला द्वारा अभिनन्दन गरिएको थियो ।


त्यस्तै ६३अाै प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय तनहुँले जिल्लाको व्यास नगरपालिका स्थित दमौली बजारको विभिन्न स्थानहरुमा सिसिटिभी जडान गर्ने कार्यमा सहयोग, सुरक्षा तथा अमनचयन कायम राख्ने र अपराध नियन्त्रण गर्ने कार्यमा तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाई समितिबाट भएको उत्कृष्ट कार्यको कदर स्वरुप प्रसंशा पत्र इकाईका अध्यक्ष राजकुमार श्रेष्ठ राकु लाई प्रदान गरिएको थियो ।

६३अाै प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय तनहुँले बुधबार “महिला हिंसा र लागुअाैषध बिरूद्ध साथसाथै हिडाै” भन्ने नाराका साथ भब्य कार्यक्रम गरेको थियो । त्यस्तै मंगलबार प्रहरीले रक्तदान र दौड प्रतियोगिता समेत सम्पन्न गरेको थियो । कार्यक्रममा “नेपाल प्रहरीको प्रतिवद्धता अन्याय विरुद्ध शुन्य शहनशिलता” “नागरिक र प्रहरीको सहकार्य, अपराध रोकथामको लागी अनिवार्य” लगाएतका नारा रहेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दुर्गाभक्त अधिकारी, पुर्व प्रहरी संगठन तनहुँक अध्यक्ष सुरज रानाभाट, लैङ्गिक हिंसा नियन्त्रण संजालकी अध्यक्ष सरिता भण्डारी, नेपाली काङ्ग्रेस तनहुँका सचिव विश्व बास्तोला, नेकपाका नेता राजेन्द्र केशरी न्यौपाने, लगाएतकाले आ-आफ्नो शुभकामना मन्तव्य राखेका थिए । डिएसपि श्यामु अर्याल स्वागत गरेका थिए भने कार्यक्रम विकास थापाले संचालन गरेका थिए ।

को को भए सम्मानित ?

इमानदारीपुर्वक आफ्नो काम गरेको र संगठनको छवि उच्च बनाएको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँले ६३औं प्रहरी दिवसको अवसरमा सम्मान गरेको हो । सम्मानित हुनेहरुमा हवल्दार कुल बहादुर थापा, घनश्याम चौधरी, सागर भोगटी, खिम बहादुर राना रहेका छन् ।
प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्मा तथा प्रहरी उपरीक्षक शिद्धी विक्रम शाहले संयुक्त रुपमा सम्मान गरेका थिए ।

दौडका विजेताहरु लाई पुरस्कार वितरण

मंगलबार सम्पन्न भएको प्रहरीको दौडमा विजयी हुनेहरु लाई पुरस्कार वितरण गरिएको छ । महिला प्रहरी तर्फ आरति दर्जी प्रथम, प्रमिला अछामी दोश्रो र सुमिका बराम तेस्रो भएकी छिन ।

त्यसैगरी पुरुष प्रहरी तर्फ बल बहादुर मुखिया प्रथम, कमल बहादुर नेपाली दोस्रो र अर्जुन विक तेस्रो भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds