पोखरा न्यूरोडको होटलमा मृत भेटिए स्याङ्जा भिरकोटका कुँवर

पोखरा न्यूरोडको होटलमा मृत भेटिए स्याङ्जा भिरकोटका कुँवर

Sudden depature

पोखरा ८ जेठ । पोखराको न्यूरोड स्थित एक होटलको कोठामा बुधबार एक व्यक्ति मृत फेला परेका छन् । स्याङ्जाको भिरकोट नगरपालिका घर भई हाल पोखरा महानगरपालिका – ८ न्यूरोड स्थित होटलमा काम गरि बस्ने अन्दाजी ४६ वर्षका प्रेम कुँवर मृत फेला परेको कास्की प्रहरीले जनाएको छ ।

कुँवर उक्त होटलको कोठामा मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको जनाईएको छ ।

उनको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोष्टमार्टम कक्षमा पठाईएको बताईएको छ । प्रहरीले होटलको नाम भने खुलाएको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ