ज्वरो आएर आराम गरेको थिएँ, बाहिर त हाँगा हालेर खबर आए– प्रधानमन्त्री ओली

ज्वरो आएर आराम गरेको थिएँ, बाहिर त हाँगा हालेर खबर आए– प्रधानमन्त्री ओली

primeminister

 प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अहिले स्वस्थ्य रहेको बताएका छन् । शुक्रबार झापाका जनप्रतिनिधिहरुसँग भेटमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्था चिन्ता लिनुपर्ने खालको नभएको बताएका हुन् । ‘म सिकिस्तै भएको खबर सुनेर आउनुभएको होला । म १५ वर्ष अघि बिरामी थिए, अहिले होइन,’ आफूलाई भेट्न आएका जनप्रतिनिधिहरुसँग प्रधानमन्त्री ओलीले भने, ‘हिजो (बिहीबार) ९९ डिग्री ज्वरो आएर एकछिन आराम गरेको थिएँ, बाहिर त हाँगा हालेर खबर आए ।’

प्रधानमन्त्री ओलीलाई भेट्न आएका झापाका जनप्रतिनिधिले उनको स्वास्थ्य अवस्थाका बारेमा जिज्ञासा राखेका थिए । प्रधानमन्त्री ओलीले भने आफू अहिले स्वस्थ्य रहेको भन्दै आफ्नो स्वास्थ्यप्रति धेरै चिन्ता लिनुनपर्ने बताए ।

 स्वास्थ्य उपचारका लागि सिंगापुर गएका ओली १० दिनपछि सोमबार स्वदेश फर्किका थिए । ओली स्वदेश फर्किएपछि बुधबार र बिहीबार सत्तारुढ दल नेकपाको सचिवालय बैठक बस्ने भनिएको थियो । तर, बिहीबार ओलीको स्वास्थ्यमा समस्या देखिएपछि सचिवालय बैठक शुक्रबारका लागि सारिएको थियो । अहिले सत्तारुढ दल नेकपाको सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । एकता प्रक्रियालाई पूर्णता दिनका लागि विभाग गठन लगायतका विषयलाई टुंग्याउने जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds