अपडेटः पोखरा पुम्दीभुम्दीमा मृत फेला परेकी बालिकाको अनुहार क्षत विक्षत, झाडीमा शव (थप विवरण)

अपडेटः पोखरा पुम्दीभुम्दीमा मृत फेला परेकी बालिकाको अनुहार क्षत विक्षत, झाडीमा शव (थप विवरण)

Shreya Sunar

रञ्जन अधिकारी, पोखरा । पोखरा महानरगपालिका–२२ पुम्दीभुम्दीको कोदी भन्ने स्थानमा आज (मंगलबार) सबेरै बालिका मृत भेटिइन् । १० वर्षीया श्रेया बिक (सुनार) हिजो साँझ साढे ६ बजेदेखि घर फर्केकी थिईनन् । आफन्तले राति सम्म खोजी गर्दा भेट्टाएनन् । तर बिहानै श्रेया मृत अवस्थामा भेटिइन् ।

मंगलबार बिहान ८ बजेतिर स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मामा घरबाट पसलतिर जाने बाटोमा पर्ने खोल्सा छेउको झाडीमा शव भेटिएको हो । स्थानीयका अनुसार श्रेया बिस्कुट किन्न भनेर पसलतिर गएकी थिईन्, तर फर्केर आईनन् ।

झाडीमा शव घोप्टो परेको अवस्थामा थियो । बालिकाको निधारमा ढुंगाले हानेर हत्या भएको अनुमान गरिएको छ । शवको छेउमै रगत लागेको ढुंगा भेटिएको छ । तलको कपडा खोलिएको र माथिल्लो भागको कपडा घाँटीसम्मै सोहोरिएको छ ।

बाबुले दोस्रो बिहे गरे पछि उनी आमासँगै मामाघरमा बस्दै आएकी थिइन् । उनी स्थानीय लीला आधारभूत विद्यालयमा कक्षा ३ मा पढ्दै आएकी थिइन् । बिरामी रहेकी आमा बेले बिक डेढ महिना अघिमात्रै उपचार गराएर घर फर्केकी थिईन् ।

छाेरीकाे मृत्यु पछि भाविह्वल बनेकी अामा बेले बिक।

स्थानीयले खबर गर्ने बित्तिकै प्रहरी घटनास्थल पुगेको थियो । वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्कीले हत्या भएको देखिएपनि रेप भएको बारे पोष्टमार्टम रिपोर्टपछि नै थाहा हुने बताए । बलात्कारपछि हत्या हो ? भन्ने ‘मर्डर भएको छ । रेप भन्ने कुरा प्रहरीले कसरी बताउने ? पोष्टमार्टमका लागि हस्पिटल ल्याइएको छ । रिपोर्टले नै बताउँछ ।’ डिएसपी कार्कीले भने ।

घटनाबारे थप बुझ्न खोज्दा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी ओम रानाले फोन काटिदिए भने प्रवक्ता डिएसपी रबीन्द्रमान गुरुङको फोन उठेन ।

स्थानीय आन्दोलित

स्थानीयले बलात्कार गरेर हत्या गरेको हुनसक्ने अनुमान गरेका छन् । हत्यारालाई तुरुन्त पक्राउ गर्नुपर्ने, पोष्टमार्टमका लागि शव लैजान दिँदैनौं भन्दै स्थानीयले धेरै समय प्रहरीलाई शव उठाउन समेत दिएन । नाराबाजी गर्दै गाउँ नै उल्टिएर प्रहरीलाई अवरोध गरेका थिए ।

पछिल्लो दुई तस्विरः दीपक परियार/कान्तिपुर बाट सौजन्य ।

प्रकाशित मितिः २०७५ असोज ९, दिउँसो २ः४०

सम्बन्धित समाचार

http://gandaknews.com/shreya/

ब्रेकिङ न्युजः पोखराको पुम्दीभुम्दीमा हिजोदेखि हराएकी बालिका मृतअवस्थामा फेला

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ