पुष्कल शर्माको नक्कले पनि ‘नक्कल’ ? विशाल रायमाझीको थेगोसँग ट्याक्कै मिलेपछि (हेर्नुस् भिडियोहरु)

पुष्कल शर्माको नक्कले पनि ‘नक्कल’ ? विशाल रायमाझीको थेगोसँग ट्याक्कै मिलेपछि (हेर्नुस् भिडियोहरु)

nakkale

पछिल्लो समय लोकप्रिय दुई सर्जक काली प्रसाद बास्कोटा र प्रकाश सपुतले गीत चोरीको आरोप नमज्जासँग खेपे । काली प्रसाद बास्कोटाको ‘इन्स्टाको फोटो’ त विदेशी संगीत थियो, यहाँ उनको मात्र बेईज्जती भयो, प्रकाश सपुतले भने ‘गलबन्दी’ गीतबाट तनाव व्यहोरे । नेपाली संगीत क्षेत्र नै दुई ध्रुबमा छुट्टियो । जातियता घुसाइयो, शम्भु राई र प्रकाश सपुत भनेर नेपाली गीत संगीतका श्रोता दुई कित्तामा उभिए । फेरि, गीत चोरीको भिडमा पुष्कल शर्माको नाम पनि मुछिएको छ । गीत हिट हुँदै जाँदा यसको गुदी बाहिर आउने क्रम बढ्छ ।

पुष्कल शर्माले हालै सार्वजनिक गरेको ‘नक्कले हिरो २’ शीर्षकको तीजे गीत गत वर्ष बजारमा आएको विशाल रायमाझीको तीजको गीतको थेगोका शब्दसँग हुबहु मिल्छ । तर, लय भने उस्तै छैनन् । थेगोका सम्पूर्ण शब्द हुबहु छन् । विशाल रायमाझीको ‘नक्कले भिनाजु- २’ नामक शीर्षकको ‘चर्तिकला नक्कले’ थेगो ठ्याक्कै मिलेको हो । विशालको गीतको थेगो हरिमाया रायमाझीको छ । ‘चर्तिकला नक्कले, जति हेर्यो उति राम्रो’ भन्ने थेगो दुवै गीतको उही छ । भिडियोमा आएका कमेन्टहरुबाट पनि प्रष्ट छ ।

आफ्नै च्यानलबाट सार्वजनिक भएको भिडियोमा पुष्कलले थेगो भनेर किटेरै आफ्नो नाम लेखेका छन् । यदि थेगो भनेर नलेखेको भएपनि यसरी विवादमा तानिने थिएनन् कि ? हेर्नुहोस् भिडियोहरु, मिले नमिलेको मूल्यांकन गर्ने जिम्मा पनि तपाईंकै ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ