चितुवाको आक्रमणबाट​ ज्यान​ गुमाएकी अधिकारीको परिवारलाई १० लाख राहत

चितुवाको आक्रमणबाट​ ज्यान​ गुमाएकी अधिकारीको परिवारलाई १० लाख राहत

IMG_20190905_150915

किरण श्रेष्ठ, तनहुँ । चितुवाको आक्र​म​ण​बाट​ ज्यान​ गुमाएकी भानुकी पुष्पा अधिकारीको परिवारलाई राहत प्रदान गरिएको छ ।

बिहिवार एक कार्यक्रमका बीच भानु नगरपालिका २ भकुन्थोककी पुष्पा अधिकारीको प​रिवार​लाई नेपाल​ स​र​कार​ वन​ त​था वाताव​र​ण​ म​न्त्राल​य​को त​र्फ​बाट​ १० लाख​ रुपैयाँ राह​त​ वितरण गरिएको हो ।

बालिका पुष्पा अधिकारीकी आमा दुर्गा अधिकारीलाई भानु नगरपालिकाको उपप्रमुख आशा थापा, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले सयुक्त रुपमा राहत रकम प्रदान गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताए ।

गत जेठ २४ गते साझ ७ बजेको समयमा वर्ष ८ की अधिकारीलाई आफ्नै घरको आगानबाट चितुवाले लगेको थियो । बालिकालाई आगानबाट जंगलमा लगेको र मृत्यु भैसकेको अवस्था पछि फेला परेको थियो ।

चितुवाको आक्रमणबाट ३ जनाले ज्यान गुमाए

तनहुँको भानु नगरपालिका मै चितुवाको आक्रमणबाट  ३ जनाले ज्यान गुमाएका थिए ।

त्यस्तै भानुमै भालुको आक्रमणबाट ३ जना घाइते भएका थिए । मृत्यु हुनेको परिवार र घाइते लाई डिभिजन वन कार्यालय तनहुँले क्षतिपूर्ति दिईसकेको छ । अहिले पनि भानु नगरबासीमा चितुवाको त्रास रहेको छ ।

वन्यजन्तुबाट मानविय क्षति भएमा सामान्य घाइतेले २० हजार, सक्त घाइतेले दुई लाख र मृत्यु भएमा दश लाख सम्म पाउने प्रावधान रहेको उनले जानकारी दिए । त्यस्तै पशुचौपायाको हकमा खसी बोकालाई बढीमा दश हजार र गाइभैसी, गोरु, साँढेको हकमा बढीमा ३० हजार सम्म क्षतिपूर्ति रकम पाउने व्यवस्था छ । घरगोठ, अन्नवाली तथा खाद्यान्न वालीमा क्षति पुगेमा बढिमा दश हजार क्षतिपूर्ति पाउने निर्देशिकामा उल्लेख छ ।

चितुवाको शिकार बन्यो ३० घरपालुवा जनावर

तनहुँमा गत आर्थिक वर्ष २०७५/७६ मा ३० वटा घरपालुवा पशुचौपाया चिुतवाको शिकार बनेका छन् । विभिन्न समय र स्थानमा चितुवाले ३० वटा घरपालुवा पशु मारेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।

गत आर्थिक वर्षमा जंगली वन्यजन्तुले घरपालुवा पशुचौपायमा पुर्‍याएको क्षति वापत कार्यालयले १ लाख ३० हजार रुपैयाँ क्षतिपूर्ति तिरेको छ । वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०७५ (तेस्रो पटक संशोधित) अनुसार वन्यजन्तुबाट हुने पशुधन, अन्नबाली, घरगोठ, खाद्यान्न (उखु र केरा) तथा मानवीय क्षतिको राहत रकम उपलब्ध हुने व्यवस्था छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds