२० दिन अघि मात्रै गुरु भन्दै प्रोफाइल तस्विर बनाएका थिए, फेरि किन रवि हत्यारा ?

२० दिन अघि मात्रै गुरु भन्दै प्रोफाइल तस्विर बनाएका थिए, फेरि किन रवि हत्यारा ?

Rabi Shalikram 1

काठमाडौं । सिधा कुरा जनतासँग टीमबाट दुई महिना अघि छुट्टिएर हालै माउण्टेन टेलिभिजनमा आबद्ध पत्रकार शालिकराम पुडासैनी साउन २१ गते चितवनको एक होटलमा आत्महत्या गरेको अवस्थामा भेटिए । प्रहरीले अनुसन्धान गर्दा दुरुत्साहनबाट आत्महत्या भएको र यसमा दुई पत्रकार र एक महिला जोडिएको भन्दै रवि लामिछाने प्रकरणमा मुछिए । रविले पुडासैनीको दाहसंस्कारपछि फेसबुक लाइभमार्फत नै स्पष्टिकरण दिइसकेका छन् ।

बुधबार पुडासैनीले मर्नु अघि रेकर्ड गरेको भिडियो बाहिरिएको छ । जहाँ रवि लामिछानेलाई सहित अस्मिता (रुकु) कार्की, युवराज कँडेल नै हत्यारा भएको र उनीहरुलाई फाँसी दिनुपर्ने, मानसिक तनाव दिएको, रविले करोडौं पैसा खाने गरेको आरोप लगाइएको छ ।

भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जाल गर्माएको छ । एकाथरी रवि लामिछानेको विरुद्धमा खनिएका छन्, उनका समर्थकहरुले पुडासैनीले गलफ्रेण्डका कारण डिप्रेशनमा गएर औषधि सेवन गर्दै आएको र यही कारण झुण्डिएको भन्दै म्यासेजका स्क्रिनसटहरु सार्वजनिक गरिरहेका छन् ।

स्वयं शालिकराम पुडासैनीले पनि गत असार ३१ गते गुरुपूर्णिमाको दिन रविलाई गुरु मान्दै प्रोफाइल पिक्चर अपडेट गरेका छन् । २० दिन पछि नै फेरि किन रविलाई हत्यारा भन्दै फाँसीको माग गरे ? यस विषण्मा पनि रविका समर्थकहरुले आश्चर्य व्यक्त गरेका छन् ।

हेर्नुहोस् सामाजिक सञ्जालबाट लिइएको केही स्क्रिनसटहरु:

 

https://www.facebook.com/pokharalover/videos/524250481731305/

http://gandaknews.com/rabi-salikram/

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds