सरकार, प्रधानमन्त्रीको भूमिका, मन्त्री सम्भावना, मुलुक समृद्धिबारे सांसद अधिकारीको हेर्नैपर्ने बहस (भिडियो)

सरकार, प्रधानमन्त्रीको भूमिका, मन्त्री सम्भावना, मुलुक समृद्धिबारे सांसद अधिकारीको हेर्नैपर्ने बहस (भिडियो)

Rabindra Adhikari

गण्डक न्युज पोखरा, १९ फागुन / नेकपा एमालेका युवा नेता रविन्द्र अधिकारी मन्त्री हुन्छन् कि हुन्नन् ? निर्वाचनपछिको शक्तिशाली जननिर्वाचित सरकार गठनपछि अहिले धेरैको मनमा मात्र होईन, चियागफमा समेत उठेको प्रश्न हो यो । संसदको विकास समितिको राम्रो नेतृत्व अनुभव लिईसकेका अधिकारी तीन पटकसम्म लगातार कास्कीबाट निर्वाचित भए तर उनी मन्त्री बनेका छैनन् ।

आफ्नो मन्त्री सम्भावना, यो सरकारको काम, प्रधानमन्त्रीको भूमिका, मुलुक कसरी समृद्ध बनाउन सकिन्छ ? भन्ने बारेमा एपि वान एचडीको कार्यक्रम तमसोमा ज्योतिगर्मयमा टीकाराम यात्रीसँग उनले खुलेर कुरा गरेका छन् ।

मन्त्री हुने कि नहुने भन्ने विषयमा उनले भनेका छन्ः ‘यति मात्रै हो, म चाहिँ म मन्त्री हुने कि नहुने, सिटमा जाने कि नजाने ? मेरो प्राथमिकताको विषय हैन, मेरो जिम्मेवारीमा आयो भने राम्रोसँग गर्न सक्छु । विश्वास दिलाउँछु तर म जान पाएन भने जहाँबाट छु आफ्नो ठाउँबाट सक्दो सहयोग गर्छु । म विकास निर्माण क्षेत्रमा गर्न सक्छु । म मा ईच्छाशक्ति छ । म मेहनत गर्छु । राज्यसंयन्त्र पनि बुझेको छु । डेभलपमेन्ट भनेको भौतिक पूर्वाधार मात्र होईन ।’

संविधान संशोधनका सवालमा कोहि अन्यौलमा नपर्न आग्रह गर्दै उनले राष्ट्रिय हितका सवालमा कहिल्यै कसैसँग सम्झौता नहुने बताए । उनले जायज मागका लागि भने एमाले सदैव तयार रहेको बताए ।

राष्ट्रियसभा सदस्यमा मनोनित ३ जनालाई तत्काल सपथ नगराउनु भन्ने सर्वोच्चको आदेशको भोलिपल्टै अर्थमन्त्री नियुक्त गरिनु अदालतलाई देखाउन नभएको अधिकारीको भनाई छ । हाम्रो कमजोरी मेटाउँदै प्रधानमन्त्री विश्वास आर्जन गर्दै काम गर्न खोजिरहेको उनले बताए ।

उनले अन्तर्वार्तामा भनेका छन्ः ‘सबै मिलेर एक साथ अघि बढौं, देश विकास गरौं । समृद्धिको यात्रामा सबै सहभागी हौं भनेर नै बहुमत पुगेर पनि दुई तिहाई नै बनाउन खोजेका हौं । सरकार टिकाउन मात्रै भन्ने कुरा क्षणिक सोचका हिसाबले मात्र हो । मुलुकका सात वटै प्रदेशमा समान विकास गर्न एमाले चाहन्छ । समग्र देश एक गरेर नहिँडी देश समृद्ध हुँदैन । निरिह प्रधानमन्त्री हुने पद्धतिले विकास हुन नसकेको हो । अब स्थायी सरकारले देश विकास गर्छ । प्रधानमन्त्री आफै गएर काम गर्ने होईन नि । प्रधानमन्त्री एक्लैले केहि गर्न सक्दैन ।’

हामीकहाँ समन्वय र तयारीको अभाव रहेको उल्लेख गर्दैै अधिकारीले निजी क्षेत्र क्षमता विकास गरेर आएन सरकारी क्षेत्र सदर बदरको अड्डा मात्र भएको बताए । सरकारी र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने बताए ।

अधिकारीले भनेका छन्ः ‘हामीकहाँ ब्रेन नभएको होईन । व्यक्तिवादी भयौं, सानो कुर्सीमा बसेर काम गर्न नसक्ने भयौं, सबैलाई ठूलो कुर्सी चाहियो । राजनीतिक स्थायित्व भएको छ । प्रधानमन्त्रीले विश्वास दिलाउन सक्नुपर्छ । निजी क्षेत्र अगाडि ल्याउनुपर्छ । कर सहित साझेदारीबाट विकास । आफ्नो क्षमता विकास गरी बाहिरको सहयोग । प्रधानमन्त्री कार्यालयबाट मात्र काम गर्नै सक्दैन । मन्त्रीले गर्नुप¥यो ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ