कास्की प्रहरी प्रवक्ताबाट लमजुङ प्रहरी प्रमुखका रुपमा सरुवा भएका प्रहरी नायव उपरिक्षक (डिएसपी) रविन्द्रमान गुरुङले घरेलु मदिरालाई नियन्त्रण गर्ने घोषणा गरेका छन् । उनले जिल्लाको शान्ति सुरक्षासँगै घरेलु मदिराको व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राख्ने बताएका हुन् ।
बुधबार जिल्लाका सञ्चारकर्मीहरुसँग परिचयात्मक अन्तरक्रिया गर्दै गुरुङले सबै अपराधको मुख्य जड मदिराको प्रयोग भएको भन्दै यसको व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखेको बताए । उनले अपराध हुन नदिन र भईसकेका घटनाहरुमा प्रहरी कारवाहीलाई शून्य सहनशिलतामा विशेष कार्ययोजना बनाएर अघि बढ्ने बताए ।
उनले जिल्लामा समूदायमा हुने अपराध जन्य क्रियाकलाप, महिला हिंसा, बलत्कारजस्ता जघन्य अपराधमा कुनै सम्झौता नहुने दाब गरे । उनले जिल्लामा शान्ति सुरक्षा व्यवस्थापनको विषयमा अध्ययन गर्दा ठूला अपराधिक क्रियाकलाप नरहेको दावी गरे । घरेलु मदिरा, जुवातास, पर्यटन र जलविद्युतसँग जोडिएका संवेदनशिलता र केही तस्करीजस्ता विषयलाई प्राथमिकतामा राखेको उनको भनाई छ ।
सम्बन्धित खबर
श्रीमानको कुटाइबाट घाइते उजेलीको पोखरामा मृत्यु
पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध
[अपडेट] त्रिशूलीमा ट्याक्सी खस्दा मृत्यु भएका ५ जनाको परिचय खुल्यो,
लमजुङमा बालिकालाई जबर्जस्ती करणी गर्न खोज्ने पक्राउ
पसगाउँ हेर्नुहोस् १२ तस्वीरमा
लमजुङमा पसगाउँ महोत्सव सुरु
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग