पोखराको चाउथेमा मध्यरात पोलमा मोटरसाइकल ठोक्किँदा २४ वर्षीय भण्डारीको निधन

पोखराको चाउथेमा मध्यरात पोलमा मोटरसाइकल ठोक्किँदा २४ वर्षीय भण्डारीको निधन

Rajesh Bhandari

पोखरा । पोखराको चाउथेमा विजुलीको पोलमा मोटरसाइकल ठोकिएर एक जनाको मृत्यु भएको छ । बेलचौताराबाट पोखरा आउँदै गर्दा मध्येराती विजुलीको पोलमा ठोकिँदा चालक चाउथेका २४ बर्षिय राजेश भण्डारीको मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए ।

ग १४ प ६५६५ नम्बरको मोटरसाइकल पोलमा मध्येराति १२ बजेर ५ मिनेट जाँदा ठोकिएको केसीले जानकारी दिए । दुर्घटनामा गम्भीर चोट लागेपछि उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गरिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको टाउकोमा चोट लागेको थियो ।

अविवाहित राजेशको बुबा विदेशमा छन् । उनले चाउथे चोकमै आर.एन.बि मोबाइल एण्ड इलेक्ट्रोनिक्स पसल सञ्चालन गर्दै आएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds