पर्वतमा १३ वर्षीया बालिकालाई करणी गर्न लाग्दा पक्राउ परे राजेश

पर्वतमा १३ वर्षीया बालिकालाई करणी गर्न लाग्दा पक्राउ परे राजेश

Rajesh 20 yr 13 yr

पर्वतको मोदी गाउँपालिका वडा नं ८ चित्रेका २० बर्षिय राजेश नेपाली जबर्जस्ती करणी अभियोगमा पक्राउ परेका छन् ।

गाउँकै १३ बर्षिया बालिकालाई बलात्कार प्रयास  कसुर अभियोगमा प्रहरीले पक्रेको हो । अभियुक्त नेपालीले मंसिर २६ गते ललाई फकाई गरी करणी प्रयास गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । आफन्तको घरमा जाँदै गरेकी बालिकालाई बाटोमा फकाई उनले करणी प्रयास  गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।

नेपालीलाई शनिबार उनकै घरबाट पक्राउ गरिएको थियो । पक्राउ परेका नेपालीलाई पर्वत जिल्ला अदालतबाट यौन जन्य प्रकृतिका अपराध अन्तर्गत करणी सम्वन्धी कसुर मुद्धामा म्याद थप गरि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ