गायक राजेश पायल राईको घरमा आगलागी, अवार्ड र प्रमाणपत्र जले, के भने राईले ?

गायक राजेश पायल राईको घरमा आगलागी, अवार्ड र प्रमाणपत्र जले, के भने राईले ?

rajesh payal

काठमाण्डौ । गायक राजेश पायल राईको घरमा आगलागी भएको छ । बानेश्वरस्थित उनको घरमा सोमबार साँझ आगलागी भएको हो ।आगलागीबाट भएको क्षतिको विवरण भने आइनसकेको प्रहरीले जनाएको छ ।

आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।आगलागीबाट उनका अवार्ड तथा प्रमाणपत्रहरू जलेर नष्ट भएका छन् । गायक राई साङ्गीतिक कार्यक्रमका लागि यतिबेला नेपाल बाहिर रहेका छन् ।

आगलागीपछि गायक राईले फेसबुकमा स्टाटस लेख्दै दर्शक, श्रोता तथा शुभचिन्तककको आशिर्वाद र मायाको अगाडि आगलागीले दिएको पीडालाई पीडा नभएको प्रतिक्रिया दिएका छन्।

‘म पिडा मा छैन किनकी तपाईहरुको आशिर्वाद र मायाको अगाडि यो पीडा,पीडा हैन .. मेरो छिमेकीहरुले दर्शाउनु भएको सहयोग ,नेपाल प्रहरी,दमकल परिवारप्रति, यहाँबाटै हार्दिक नमन ..अवार्ड जले होलान् तर तपाईहरुले दिएको आशिर्वाद माया ,सुझाव नजलोस् .. म सदा तपाईहरुकै काखमा लुट्पुटिने मान्छे’, आगलागीपछि उनले आफ्नो फेसबुक पेजमा लेखेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds