पश्चिमाञ्चल क्षेत्रीय खेलकुदका काँग्रेस निकट उपाध्यक्ष सहित सदस्यले दिए राजीनामा

पश्चिमाञ्चल क्षेत्रीय खेलकुदका काँग्रेस निकट उपाध्यक्ष सहित सदस्यले दिए राजीनामा

sports

पोखरा, मंसिर १७ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका उपाध्यक्ष सहित ४ जनाले राजीनामा दिएका छन् । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टलाई पत्र लेखेर उनीहरुले सोमबार राजीनामा दिएका हुन् ।

समितिका उपाध्यक्ष सुनिल गुरुङ सहित सदस्यहरु राजेन्द्र पहारी, देवेन्द्र केसी र राजु गुरुङले राजीनामा दिए । एमाले र काँग्रेसको संयुक्त सरकार हुँदा आफुँहरु खेलकुद विकास समितिमा मनोनित भएको र हाल काँग्रेस सरकारमा नरहेकाले राजीनामा दिएको राजीनामा पत्रमा लेखिएको छ ।

यद्यपी पदीय हैसियत नदिएपछि राजीनामा आएको एकाथरिको भनाई छ । समितिका अध्यक्ष खगराज पौडेल अमेरिका गएपछि उपाध्यक्षलाई छोडेर सदस्यलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिईएको थियो । सदस्य सम्पन्न श्रेष्ठ कार्यवहाक अध्यक्ष हुँदै अध्यक्ष सम्म चयन भए ।

राजनीतिक रुपमा पदीय विभेद गरेपछि रुष्ट बनेका काँग्रेस तर्फका पदाधिकारी र सदस्यहरुले एकमुष्ट रुपमा राजीनामा बुझाएका हुन् । समितिको कार्यकाल ४ महिना बाँकी छ । यो कार्यकाल सकिएपछि नयाँ संरचनामा समिति विस्तार गर्ने तयारी छ । यसका लागि केही ब्यक्तिहरु आन्तरिक लविङमा जुटिरहेका छन् । 

-डिएनए नेपालबाट

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ