एक हजारको रक्सीले युवाको ज्यान गयो, दुईजना पक्राउ

एक हजारको रक्सीले युवाको ज्यान गयो, दुईजना पक्राउ

parbat-hatya-

साथीभाई संग रक्सी खाएर रमाईलो गर्न घरमा मागेर लगेको एक हजार रुपैयाँले पर्वतको मोदी गाउँपालिका वडा नंं ८ चित्रेमा एक युवकको ज्यान गएको छ । घरबाट लगेको हजार रुपैयाको रक्सी साथीलाई खुवाउँदा उल्टै साथीकै कुटपिटबाट ती युवकको ज्यान गएको हो ।

गत मंगलवार राती ९ बजेको समयमा सँगै बसेर मदिरा सेवन गरेका युवाहरुबीच झगडा हुँदा स्थानीय ३३ वर्षिय सन्तोष भन्ने गंगाप्रसाद विकको हत्या भएको हो । चित्रे स्थित नेपाने सादी खोलामा कुटपिट गरी वि।क।लाई मारेको आरोपमा स्थानीय दुई युवा पक्राउ परेका छन्। मृतक सन्तोषले घरबाट १ हजार लिएर हिडेको आफन्तले प्रहरीलाई बताएका छन ।

युवाको हत्या भएका सुचना पाए लगत्तै प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीको नेतृत्वमा खटिएको टोलीले सोहि ठाउँको सामुदायिक जंगलमा लुकिछिपि रहेको अवस्थामा २३ वर्षिय दलवहादुर नेपाली र २३ वर्षकै रविन सुनारलाई पक्राउ गरिएको छ । भने मुख्य अभियुक्त २६ वर्षिय कृष्ण वहादुर सुनार पनि शुक्रबार बिहान फलो परेका छन ।

मंगलवार राती ९ बजेको समयमा मृतक गंगाप्रसाद विक र पक्राउ परेका नेपाली र सुनार तथा फरार रहेका कृष्णलेसंगै वसी मादक पदार्थ सेवन गरी घर फर्कने क्रममा सामान्य विवाद हुँदा तीन जना मिलेर गंगाप्रसादको हत्या गरेको प्रहरीले जनाएको छ ।

क्राउ परेका दुई जना युवाहरुलाई बिहीवार पर्वत जिल्ला अदालतवाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भैरहेको छ भने अर्का अभियुक्तलाई पनि शुक्रबार म्याद थप गरिने प्रहरी नायब उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । मृतक विकको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds