पोखराको रामघाटमा बर्षेनी बन्छ अर्को ताल !

पोखराको रामघाटमा बर्षेनी बन्छ अर्को ताल !

Ramghat (3)

पोखराको रामघाट वर्षेनी ताल बन्छ । सेती नदिको निकास सानो भएकाले हरेक वर्ष वर्षाको बेला यहाँ ताल बन्छ । दाहसंस्कार गर्नका लागि निकै उँचो ठाउँमा बनाइएको शवदाह गृह समेत प्रभावित हुने गरी पानीको सतह बढ्छ ।

केहि वर्ष अघि त नदि छेउछाउमा बसोबास गर्नेहरुलाई नै विस्थापित गर्ने गरी ताल बनेको थियो । सोमबार सानो झरी पर्दा समेत रामघाटमा यत्तिको ताल बनेको छ । निरन्तर वर्षा भइरहे जनजिवनलाई नै असर पर्ने गरी ताल बन्ने हुँदा सुरक्षाका लागि पूर्व तयारी अपनाउनुपनेर्न हुन्छ । सात आठ वर्ष अघि त फेवातालबाटै डुंगा मगाएर बीचमा भएको बस्तीबाट मानिसलाई सुरक्षित स्थानतर्फ लग्नुपरेको थियो । चौपायाहरु मरेका थिए ।

http://gandaknews.com/ramghat-taal/

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ