सम्वाददाता रानालाई कौह्रा संरक्षण पत्रकारिता पुरस्कार

सम्वाददाता रानालाई कौह्रा संरक्षण पत्रकारिता पुरस्कार

Kamala rana

पोखरा । गण्डक न्युज डटकमकी नवलपुर सम्वाददाता कमला राना पहिलो ‘राष्ट्रिय मौलिक कौह्रा संरक्षण पत्रकारिता पुरस्कार – २०७५’बाट पुरस्कृत हुने भएकी छिन् । स्थापनाकालदेखि नै गण्डकन्युजको नवलपुर नेतृत्व गर्दै आएकी रानालाई राष्ट्रिय मौलिक कौह्रा संरक्षण समिति, नेपालद्वारा स्थापित एवं नेपाल मगर पत्रकार संघ कास्की शाखाद्वारा सञ्चालित उक्त पुरस्कृत प्रदान गरिने भएको हो ।

नेपाल मगर पत्रकार संघ कास्कीले संघका केन्द्रीय उपाध्यक्ष एमबी आस्था मगरको संयोजकत्वमा गठित प्रतिभा छनौटसमितिले गरेको सिफारिसलाई अनुमोदन गरेको हो । समितिमा हर्क आलेमगर, तारामाया थापामगर, नन्दु थापामगर, संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगर, जिल्ला शाखा अध्यक्ष रूद्रबहादुर हितानमगर र सचिव उमा आलेमगर सदस्य थिए ।

संघकी केन्द्रीय सदस्य राना रेडियो मध्यविन्दुकी समाचार प्रमुख पनि हुन् । उनी फोनिज नवलपुरकी सचिव, मगर लेखक संघ नवलपुरकी सचिव, क्रियाशील पत्रकार महिला नवलपुरकी सदस्य, लुम्बिनी डिग्री कलेजकी शिक्षिका पनि हुन् । रानामगरलाई यही जेठ ३० गते आयोजना हुने कार्यक्रममा प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट पुरस्कृत गरिने जिल्ला अध्यक्ष हितानमगरले जानकारी दिए । अध्यक्ष हितानमगरका अनुसार पत्रकार रानामगरलाई पुरस्कार राशि ५ हजार १ रुपैयाँ, सम्मानपत्र र दोसल्लासहित पुरस्कृत गरिनेछ ।

कौह्रा संरक्षण समितिको स्थापना दिवस खासमा जेठ १५ गते भएपनि विशेष कारणवश यसपटक ढिलो भएको र आगामी वर्षदेखि जेठ १५ गणतन्त्र दिवसकै दिन पुरस्कार प्रदान गरिने समितिका अध्यक्ष हर्क आलेमगरले जानकारी दिए । यो वर्ष समितिको तेस्रो स्थापना दिवसको सन्दर्भ पारेर पुरस्कार दिन लागिएको हो ।

मगरात क्षेत्रको लोकप्रिय नाच मानिने कौह्राको संरक्षण र प्रवद्र्धनमा पत्रकारितामार्फत् योगदान पु¥याउने एक जना पत्रकारलाई हरेक वर्ष यो पुरस्कारबाट पुरस्कृत गर्ने गरी पुरस्कार अक्षयकोष स्थापना गर्ने तयारी समेत भइरहेको आलेमगरले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds