रसुवामा दुई बालिकालाई बलात्कार गर्ने सुनार पक्राउ

रसुवामा दुई बालिकालाई बलात्कार गर्ने सुनार पक्राउ

रसुवामा ११ वर्षीया र ६ वर्षीया दुई बालिका बलात्कृत भएका छन् । उनीहरूको ठेगाना भने प्रहरीले गोप्य राखेको छ । घटना गत आईतबारको हो । बलात्कारको आरोपमा प्रहरीले रोल्पाको त्रिवेणी गाउँपालिका–४ घर भएका २८ वर्षीय सन्तोष सुनारलाई पक्राउ गरेको छ । उनले दुवै बालिकालाई फकाएर जंगलमा लगेर बलात्कार गरेको डिएसपी भागेन्द्रपुरुष ढकालले बताए ।

सुनारलाई सोमबार नै जिल्ला अदालत रसुवामा मुद्दा दर्ता गरी जबर्जस्ती करणीसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिसकिएको उनले बताए । दुवै बालिकालाई प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रमा ल्याई काउन्सिलिङ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ