‘रेशम स्टोर’ मा रोज स्टार

‘रेशम स्टोर’ मा रोज स्टार

resham stores (1)

पोखरा । पोखराको जिरो किमि स्थित ब्राण्डेड फेशनेवल ड्रेस क्लोदिङ स्टोर ‘रेशम स्टोर’ मा नेपाली फिल्म स्टारहरु समेत पुगेका छन् ।

भदौ २२ देखि प्रदर्शनमा आउन लागेको फिल्म रोजको प्रवद्र्धनका लागि मोफसल यात्रामा निस्केको फिल्म टीम युवा व्यवसायीका रुपमा उदाएका आशिष पुरीको ‘रेशम स्टोर’ मा पुगेका हुन् ।

चलचित्रका नायक प्रदिप खड्का, नायिका मिरुना मगर, परमिता आरएल राणा, गायक प्रताप दास लगायतका कलाकार सहितको चलचित्रको टिम पुगेका हुन् । फिल्म प्रचारप्रसार कै क्रममा बिहिबार पोखरा आएको टोली स्टोरमा पुगेर अवलोकनका साथै गीत गाएर त्यहाँ रमाईलो समेत गरे ।

बंगलादेशबाट ल्याएको कपडालाई नेपाली डिजाइनमा टिकाउ किसिमले उत्पादन गरी सस्तो मूल्यमा विक्री गरिएको सञ्चालक पुरीले जनाए । अनलाईन स्टोर पनि रहेको रेशम स्टोरले पोखरा भ्यालीभित्र फ्री डेलिभरि सर्भिस दिने उनको भनाई छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ