फेसबुकमा ‘रिप’ लेखेर दाजुबहिनीले एकै ठाउँमा पासो लगाएपछि ! के के भेटिए फेसबुकमा ?

फेसबुकमा ‘रिप’ लेखेर दाजुबहिनीले एकै ठाउँमा पासो लगाएपछि ! के के भेटिए फेसबुकमा ?

daju bahini

दार्चुलामा एउटै डोरीमा झुण्डिएको अवस्थामा फेला परेका युवायुवतीका बारेमा आश्चर्यजनक कुरा बाहिरिएका छन् । महाकाली नगरपालिका–४ जिल्ला सदरमुकाम खलंगाको एक होटेलमा विवाहित महिला र पुरुष एउटै डोरीमा झुन्डिएको अवस्थामा मृत फेला परेको थियो । शैल्यशिखर नगरपालिका–५ आगरका अन्दाजी ३० वर्षीय महादेवसिंह डाँगा र २२ वर्षीया मनिषा डाँगा एउटै डोरीमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । महादेवको दुई वटा फेसबुक आइडीमा बहिनीसँगैको फोटोहरु पोष्ट भएका छन् । बहिनी मनिषाको बिहे भएपछि उनले शेयर गरेका पोष्टहरु हेर्दा प्रेममा परेको पुष्टि हुन्छ । महादेव विक्षिप्त बनेको स्टाटस र पोष्टहरुले देखाउँछ ।

उनिहरुको आफन्तका अनुसार महादेवका घरमा दुई पत्नी छन् भने मनिषाको जेठ महिनामा मात्रै विवाह भएको थियो ।

मनिषाको माइती घर भने शैल्यशिखर नगरपालिका–५ आगर नै हो । मृतक दुबै छिमेकी मात्रै नभई नाताले दाजुबहिनीसमेत रहेका आफन्तहरूले बताएका छन् ।शैल्यशिखर–५ आगर माइतीघर भएकी मनिषाको गत जेठ महिनामा मात्रै मालिकार्जुन गाउँपालिका–४ औतालेकमा विवाह भएको थियो । सोमबार साँझतिर सदरमुकाम आइपुगेका नाताले दाजुबहिनी भए पनि होटेल सञ्चालकसँग पति-पत्नी नाता भनेका थिए । उनिहरुले मंगलबार बिहानै जानुपर्ने जानकारीसमेत गराएका थिए ।

मंगलबार बिहान होटेल सञ्चालक कोठामा जाँदा ढोका नखोलेको र झ्यालबाट हेर्दा झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरिएको थियो । मृतक दुबैको फोटो सोमबार नै फेसबुकमा ‘रिप’ लेखी पोस्ट गरिएको छ ।

मृतक महादेव डाँगाको नाममा खोलिएको फेसबुक आइडीमा सोमबार राती ११ बजेर १७ मिनेटमा मृतक दुबैको युगल फोटो फेसबुकमा पोस्ट भएको पाइएको छ । महादेवको फेसबुक आइडीमा यसअघिका विभिन्न पोस्टहरूमा पनि मृतक मनिषा र महादेवको फोटोमा ‘बहिनी र म’ लेखेर पोस्ट गरिएका थिए ।

२१ जुन अर्थात् असार ६ गतेको पोस्टमा सोही फेसबुक आइडीमा युगल फोटो सहितको फोटो पोस्ट गरिएको थियो । घटनाको प्रकृति हेर्दा र प्रारम्भिक अनुसन्धानबाट प्रेम सम्बन्ध भएको हुन सक्ने आशंका गरिएको प्रहरी श्रोतले बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ