रोनाल्डोको मेस्सीसंग डिनर खाने चाहना [फोटो फिचर]

रोनाल्डोको मेस्सीसंग डिनर खाने चाहना [फोटो फिचर]

messi ronaldo (1)

काठमाडौं । पोर्चुगिच फुटबल स्टार क्रिष्टियानो रोनाल्डोले अर्जेन्टाइन स्टार लियोनल मेस्सीसंग डिनर खाने चाहना व्यक्त गरेका छन् । मोनाकोमा भएको युरोपियन फुटबलर प्येयर अफ द सिजनको अवार्ड वितरण कार्यक्रममा साथमा रहेका रोनाल्डोले मेस्सीसंग अहिलेसम्म डिनर नखाएको भन्दै भविष्यमा डिनर खाने बताएका छन् ।

च्याम्पियन्स लिग फुटबलको ड्रसमेत सार्वजनिक भएको कार्यक्रममा रोनाल्डो र मेस्सी साथमा बसेका थिए । दुवै जना युएफए प्लेयर अफ द सिजनको नोमिनेशनमा थिए । बाजी भने भर्गिल भान डाइकले मारेको थिए ।

३४ वर्षे रोनाल्डोले आफूहरुबीच लामो समयदेखि व्यवसायिक टक्कर भए पनि साथमा मज्जा लिनु पनि पर्ने बताए । युएफएको स्टेज उनीहरुले आपसमा १५ वर्ष साझेदारी गरेका छन् । उनले भने, ‘म निकै उत्साही छु किनकि हामीले १५ वर्ष यो स्टेज साझेदारी गरिसकेका छौं ।’

लिओनल मेस्सी र क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको ड्र सार्वजनिक समारोहमा निकै हार्दिकतापूर्वक आफ्नो प्रतिद्वन्द्वीताबारे कुराकानी गरे । मेस्सीले बार्सिलोना र रोनाल्डोले रियल मड्रिडको प्रतिनिधित्व गर्दा उनीहरु एक दशकसम्म चिरप्रतिद्वन्द्वी रहे । बालोन डि’ओरमा पनि उनीहरुले नै कब्जा जमाए ।

गत सिजन रोनाल्डो स्पेन छाडेर इटालियन क्लब युभेन्टसतिर लागे भने लगातार दोस्रो वर्ष उत्कृष्ट खेलाडीको दौडमा दुवै पछि परे । गत सिजन रियल मड्रिडका लुका मोडरिच र यो सिजन लिभरपुलका भर्जिल भान डाइकले बाजी गरे ।

मेस्सी भन्छन्, ‘रोनाल्डो ला लिगामा हुनु राम्रो थियो, किनकी उनी रियल मड्रिडमा थिए ।’ रोनाल्डोले पनि मैदानमा चिरप्रतिद्वन्द्वी भएपछि मेस्सी र आफ्नो सम्बन्ध राम्रो भएको बताका छन् । उनले भने, ‘म स्पेनमा खेलेको मिस गर्छु । मेस्सी र मेरो कडा प्रतिस्पर्धा थियो । हामीले एकअर्कालाई अझ राम्रो गर्न सहयोग पनि गर्‍यौं । हाम्रो प्रतिद्वन्द्विता फुटबल इतिहासकै उत्कृष्ट मध्येमा पर्छ ।’

दुवै खेलाडीले पाँच पाँच वटा बेलोन डेओर उपाधि जितिसकेका छन् । यो सिजनमात्र डाइकले बाजी मारेका हुन् । रोनाल्डोले आफूले स्पेनको खेल मिस गरिरहेको बताएका छन् । उनले मेस्सी र आफूले जीवनमा एक इतिहास रचेको पनि बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ