दमौलीमा रोट्रयाक्ट क्लबको मेहेन्दी मेला

दमौलीमा रोट्रयाक्ट क्लबको मेहेन्दी मेला

rbt

rbt

तनहुँ । श्रावण महिना सुरु भएसगैँ हरियो चुरा मेहेन्दी लगाउने क्रम बढेको छ । बच्चादेखि वृद्धासम्म हरियो, पहेँलो लुगा र मेहेन्दीमा सजिएर हिड्ने गरेका छन् । यस सगैँ रोट्रयाक्ट क्लब अफ दमौलीले महिला र सर्वसाधारण लाई निशुल्क मेहेन्दी मेला कार्यक्रम सम्पन्न गरेको छ ।

तनहुँको दमौलीमा श्रावण महिनाको सुरुवातको दिनमा मेहेन्दि कार्यक्रम गर्न उचित भएकाले बुधबार सो कार्यक्रम गरिएको क्लबका अध्यक्ष मनोज राउतले बताए ।

कार्यक्रममा सलिना गुरुङ र मिमा गुरुङ, सन्जु घले र ममता श्रेष्ठले मेहेन्दी लगाइदिएका थिए ।

क्लबका अध्यक्ष मनोज राउतको सभापतित्वमा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा इनरह्विल क्ल्ब अफ दमौलीको समेत सहभागीता रहेको थियो ।

कार्यक्रममा करिब एक सय जनाको सहभागीता रहेको उक्त कार्यक्रमकी संयोजक सरस्वती रसाइलीले बताईन ।

रोट्रयाक्ट क्लब अफ दमौलीकी सचिव सुष्मा श्रेष्ठ भन्छिन् “ क्लबले हरेक वर्ष मेहेन्दी कार्यक्रम सञ्चालन गरेकोमा खुशी भएको र सधैँ यस कार्यक्रममा मेहेन्दी लाउने गरेकी छु, श्रावण महिना मेहेन्दि लगाउने महिना भएकाले हामी महिलाहरु लाई उत्साहित मात्र हैन महिलाहरुले ब्युटी पार्लरमा तिर्नुपर्ने रकम समेत बच्ने गरेको छ ।”

महिलाहरुलाई प्रोत्साहन गर्नका निमित्त वर्षेनी मेहेन्दि मेलामा धेरै भन्दा धेरै महिलाहरु समेट्ने उद्देश्यले कार्यक्रम आयोजना गर्ने गरेको क्लबका अध्यक्ष मनोज राउतले बताए ।

लियो क्लब अफ तनहुँ सत्यवतीले समेत उक्त स्थान मेहेन्दि कार्यक्रम गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ