सडक डिभिजन तनहुँका कम्प्युटर अपरेटर पौने २ लाख घुससहित पक्राउ

सडक डिभिजन तनहुँका कम्प्युटर अपरेटर पौने २ लाख घुससहित पक्राउ

ghus

पोखरा । सडक डिभिजन कार्यालय दमौलीका कम्प्युटर अपरेटर प्रकाश पौडेल र ‘वाइल्ड स्ट्रोङ कन्सल्टेन्सी’का सुमित शाही घुससहित पक्राउ परेका छन् । गण्डकी प्रदेश मातहत रहेको तनहुँको व्यास ५ चापाघाटमा रहेको सडक डिभिजन कार्यालयका पौडेल र पौडेलसँग मिलेर बिचौलियाको भूमिका खेलेका शाही पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले उनीहरु दुवैजनालाई सेवाग्राहीबाट एक लाख ७५ हजार रुपैयाँ घुस लिने क्रममा पक्राउ गरेको हो । उनीहरुले कार्यकक्षमै सेवाग्राहीसँग बार्गेनिङ गरेका थिए ।

लमजुङको सुन्दरबजारस्थित खत्रीठाँटी सडकको भुक्तानी दिने सन्दर्भमा बिल पास गराइदिने प्रयोजनका लागि पौडेलले प्रशासनिक खर्चबापत भन्दै घुस रकम लिने क्रममा अख्तियारले पक्राउ गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds