कास्कीकोटका सागर ‘पेनगन’ सहित पक्राउ, १० पासपोर्ट र नागरिकता पनि भेटिए (तस्विर सहित)

कास्कीकोटका सागर ‘पेनगन’ सहित पक्राउ, १० पासपोर्ट र नागरिकता पनि भेटिए (तस्विर सहित)

Sagar-Ranabhat

पोखरा । पोखरामै पहिलो पटक पेनगन भेटिएको छ । लागुऔषध कारोबार गर्ने सागर रानाभाट पक्राउ परेपछि यसको रहस्य खुलेको हो । नेपालमा यसअघि पहिलोपटक २०६८ असारमा काठमाडौंबाट दुईजना युवा पक्राउ गर्दा पेनगन फेला परेको थियो । काठमाण्डौपछि पेनगन फेला परेको देशमै यो दोश्रो पटक हो ।

गत असार २९ गते लागुऔषधसहित मासबारबाट पक्राउ परेका पोखरा २४ कास्कीकोटका २४ वर्षीय रानाभाटसँग पेनगन सहित १० वटा पासपोर्ट र सातवटा नागरिकता पनि बरामद भएको छ । रानाभाट यसअघि पनि लागूऔषध कारोबारकै मुद्दामा सजाय पाएर छुटेको कास्की प्रहरीले जनाएको छ । उनले आफू १२ कक्षामा अध्ययनरत रहेको बताएका छन् । पोखरामा लागुऔषध कारोबारकै लागि बस्न पनि २४ वर्षमा १२ कक्षा पढिरहेको अनुमान गरिएको छ ।

प्रहरीले रानाभाटको साथबाट फेनागरगन ६० थान, ब्रुपिनर्फिन ६०, डाईजापाम ६० र नाईट्रोसन १५ चक्की फेला परेको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जनाए । उनको साथबाट लागुऔषधसहित एक थान ’पेनगन’ र ०.२२ एमएमका सातवटा बुलेट पनि बरामद गरिएको हो ।

’पेनगन’ हेर्दा दैनिक प्रयोगमा आउने सामान्य पेनजस्तै आकारको देखिन्छ । तर, अलिकति ठूलो हुन्छ । रिफिल हुने ठाउँमा स्प्रिङ र आउटरमा बुलेट राख्न मिल्छ । पेनको क्लिपले ट्रिगरको काम गर्छ । यसले नजिकका दुरीका व्यक्ति मार्न सक्छ । पेनगन नेपालमा पाईंदैन ।

तस्विर: सुदर्शन रञ्जित & जिल्ला प्रहरी कार्यालय कास्की

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ