पोखरा । पश्चिमाञ्चल मावि, गैह्रापाटनमा ११ कक्षा, मानविकी संकायमा अध्ययनरत सागर गुरुङको निधनले उनका आफन्तसँगै साथीहरु शोकमा डुबेका छन् । पोखरा महानगरपालिका–३२ गगनगौँडामा गएराति साढे ९ बजेतिर ग ७ प ७४२८ नं. को मोटरसाइकल र ग११प २३५८ नं.को स्कुटर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु र ३ जना घाईते भएका थिए ।
पोखरा ५ पर्स्याङ घर भएका १८ वर्षीय सागर स्कुटर पछाडि सवार थिए । स्कुटर पोखरा २ अर्चलबोटका २५ वर्षीय निशान गुरुङले चलाएका थिए । ठक्करपछि ट्रकको चक्कामुनि परेर गम्भीर घाइते भएका गुरुङको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको थियो ।
सो दुर्घटनामा मोटरसाइकल चालक लेखनाथ भण्डारढीकका २२ वर्षीय विकल सुनार, मोटरसाइकल पछाडि बस्ने रुपा ७ का २५ वर्षीय दीपक विक पनि घाईते रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए ।
यस्तै, गएराति नै पृथ्वीराजर्मागस्थित लेखनाथको तालचोकमा भएको अर्को दुर्घटनामा बाग्लुङका २८ वर्षीय थमन पाइजाको मृत्यु भएको छ । ग ३ च १४२२ नं को मिनीभ्यान र बा ९४ प १७०५ नं. को मोटरसाइकल राति ९ः४५ बजेको समयमा एकापसमा ठोक्किएको थियो । पाइजा काठमाडौँ कीर्तिपुर बस्दै आएका थिए । दुर्घटनामा घाइते भएका पाइजाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
सीप सिकौं, दक्ष बनौं भन्दै पोखरा १३ द्वारा निशुल्क तालिम, ४५ जना लाभन्वित
पोखरामा १० केजी दुर्लभ वन्यजन्तुको मासुसहित एक पुरूष पक्राउ
पोखरास्थित दराज अनलाइनको कार्यालयबाट नगद तथा सामान चोरी गर्ने ३ जना पक्राउ
पोखरा १० द्वारा वडा भित्रका सामुदायिक विद्यालयलाई स्टेशनरी वितरण
पोखरामा सहकारी पीडितको र्यालीः ‘जीबी राई कहाँ छ, रवि दाइलाई थाहा छ’
गण्डकीको मुख्यमन्त्री नियुक्ति विरूद्धको मुद्धामा बहस सकिएन, अर्को पेसी वैशाख १७ गते
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग