विवाहका लागि छुट्टी नपाएको झोकमा हाकिममाथि नै गोली प्रहार

विवाहका लागि छुट्टी नपाएको झोकमा हाकिममाथि नै गोली प्रहार

sainik

एजेन्सी । भारतमा बिहेको लागि छुट्टी नपाएपछि एक सैनिक जवानले आफ्नै हाकिममाथि गोली प्रहार गरेका छन् । असाम राज्यमा सशस्त्र प्रहरीबलको रुपमा कार्यरत रहेका २५ बर्षीय लक्ष्मीकान्त बर्मनले उनका हाकिम सब इन्सपेक्टर भोलानाथ दासमाथि गोली चलाएका हुन् ।

सुरुमा लक्ष्मीकान्त बर्मनले आफ्नो विवाहकालागि छुट्टी मागेका थिए । तर भारतमा भईरहेको लोकसभाको निर्वाचनका कारण हाकिम दासले छुट्टी दिएका थिएनन् । सोही छुट्टी नदिएको झोकमा आँफैले बोकेको इन्सास राइफलबाट अन्धधुन्द गोली चलाउँदा हाकिमको ज्यान गएको छ । भने अन्य दुईजना गम्भीर घाइते भएका छन् । उनले इन्सास राइफलबाट १३ राउण्ड गोली फायर गरेका थिए ।

लक्ष्मीकान्त डिप्रेशनका विरामी भएको उनका साथिहरुले जनाका छन् । हावडाको बग्नानमा चुनावी सुरक्षामा खटिएका सेन्ट्रल फोर्समा खटएका बेला बिहीबार सो घटना भएको हो । टाइम्स अफ इन्डियाको समाचारअनुसार आगामी मे २० मा उनको विवाह हुने तय भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ