सक्कली भनेर नक्कली सुनका गरगहना बिक्री गर्ने एक गहना पसलका सञ्चालक पक्राउ

 सक्कली भनेर नक्कली सुनका गरगहना बिक्री गर्ने एक गहना पसलका सञ्चालक पक्राउ

sun

 सक्कली भनेर नक्कली सुनका गरगहना बिक्री गर्ने एक गहना पसलका सञ्चालक पक्राउ परेका छन् । मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित गणेश लक्ष्मी ज्वेलर्सका सञ्चालक विराटनगर महानगरापालिका–४ घर भएका ३६ वर्षी जितेन्द्र साह पक्राउ परेका हुन् । स्थानीय उपभोक्ताहरुको उजुरीका आधारमा साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीका अनुसार लक्ष्मी ज्वेलर्सका सञ्चालक साहले विभिन्न मितिमा सक्कली भनेर नक्कली सुनाका गहना बिक्री गरेको भेटिएको छ । नक्कली सुनका गहना बिक्री गरेर उनले विभिन्न व्यक्तिबाट ८ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका साहमाथि ठगी कसुरअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकात्मक तस्वीर

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ