साम्राज्ञीले ‘कुकुर भुक्दै गर्छ, हात्ती लम्कदै गर्छ’ भनेपछि झन् आलोचित ! को हुन् मस्ती गर्ने यी युवक ?

साम्राज्ञीले ‘कुकुर भुक्दै गर्छ, हात्ती लम्कदै गर्छ’ भनेपछि झन् आलोचित ! को हुन् मस्ती गर्ने यी युवक ?

samragyee3

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको यति बेला आलोचना भइरहेको छ । इन्डोनेशियाको बालीको एक समुन्द्री किनारमा उनले प्रेमी देवाङ्क राणासँग खिचाएको अन्तरङ्ग तस्बिरका कारण उनको आलोचना भइरहेको हो ।

रातो विकनी लगाएको सार्वजनिक केही तस्बिरमा प्रेमी देवाङ्कले उनको ओठ, छाती र कम्मरको पछाडिको भाग चुमेका छन् । यो तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनलाई आलोचनादेखि ट्रोल बनाएर उठाउनेसम्मका क्रियाकलाप भएका छन् ।

केही दिनदेखि लगातार भइरहेको आफ्नो आलोचनाको बिषयमा नायिका साम्राज्ञीले मुख खोलेकी छन् । उनले सामाजिक सञ्जाल स्टाग्रामको स्टोरीमार्फत ‘हात्ती चले बजार, कुत्ते भुके हजार’ पोस्ट गर्दै यसको जवाफ दिएकी छन् ।

उनले घुमाउरो पारामा आफुलाई आलोचना गर्ने माथि ‘कुकुर भुक्दै गर्छ, हात्ती लम्कदै गर्छ’ भन्न खोजेकी हुन् । ‘मारुनी’ र ‘रातोटिका निधारमा’ लगातार छायाँकन सकाइएकी साम्राज्ञी सुटिङको ह्याङ उतार्न केही दिन समयअगाडि बाली पुगेकी थिइन् ।

को हुन् साम्राज्ञीसंग मस्ती गर्ने यी युवक ?

साम्राज्ञी आज भोली आफनो फिल्म भन्दा बढि प्रेम सम्बन्धको कारण चर्चामा आउने गरेकी छिन् । केही समय  व्यवसायी मयंक खड्काको प्रेममा रहेकी उनी इन्टु मिन्टु फिल्मसंगै ब्रेकअपमा पुगिन् । लगत्तै उनी देवाङ्कस राणाको प्रेममा परिन् ।

सुरुमा त उनले देवाङ्कसलाई मिडियासामु ल्याउँने हिम्मत नै गरिनन् । आफनो फिल्मको घोषणा र प्रिमियरमा प्रेमीलाई साथै लिएर जाने साम्राज्ञीले बिस्तारै बिस्तारै सामाजिक सञ्जालमार्फत आफनो प्रेमीलाई सार्वजनिक गर्न थालिन् ।

उनीहरुको प्रेमले सिने बजार निकै तात्यो तर उनीहरुको प्रेमले सिनेबजार के तातेको थियो र अहिले उनीहरुको तस्बिरले जति तताएको छ । उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाका छोरा समेत रहेका देवाङ्कस र साम्राज्ञी छुट्टी मनाउँन इन्डोनेशियाको बाली पुगेकीछिन् । जहाँ उनले आफनो प्रेमीसंग नितान्त व्यक्तिगत समय बिताएकीछिन् ।

जहाँ तस्बिर यतिबेला सामाजिक सञ्जालमा निकै भाईरल बनिरहेको छ । जुन तस्बिरमा साम्राज्ञी र देवाङ्कस निकै मदहोष देखिएका छन् । बालीको एक समुन्द्री किनारमा खिचिएको उक्त तस्बिरहरुमा बिकिनीमा रहेकी साम्राज्ञीलाई देवाङ्कसले ओठ, छातीको बीच र कम्मर पछाडी चुमेका छन् ।

साम्राज्ञीले नै ती तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गरेकी थिईन तर तस्बिर पोस्ट भएपछि साम्राज्ञीले ताली भन्दा गाली धेरै खाईन् । गाली खाएपछि उनले ती तस्बिरहरु डिलिट गरिन तर उनको तस्बिरले यतिबेला सामाजिक सञ्जालमा हंगामा मच्चाईरहेको छ ।

सम्बन्धित समाचारः

http://gandaknews.com/samragyee/

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds